पोखरा, २ असोज। पोखरा टावर मोबाइल एक्स्पो आइतबार सकिएको छ । भदौ १७ देखि शुरु एक्सोको समापन अवसरमा पोखरा टावर प्रालिले पत्रकार कृष्ण दवाडीलाई ‘पोखरा टावर पत्रकारिता पुरस्कार’ बाट सम्मान गरेको छ । उनलाई नगद ५ हजार १ सयसहित सम्मानपत्र प्रदान गरिएको हो । दवाडी हिमाली आवाज साप्ताहिक र पिस पोखरा डटकममा आवद्ध छन् ।
महेन्द्रपुलमा सञ्चालनमा आएको पोखरा मोबाइल टावरमा भदौ १७ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको हो । मेलामा १ करोड बढीको कारोबार भएको प्रालिले जनाएको छ ।
समापन समारोहमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाजलाई सुसूचित गर्ने पत्रकारको मर्मलाई व्यवसायी बुझ्नु सकारात्मक भएको बताए । पत्रकार दवाडीले सम्मानले आफूलाई यो क्षेत्रमा निरन्तर लाग्ने ऊर्जा थपिएको बताए ।
प्रालिका अध्यक्ष उदय केसीले मेलालाई सफल बनाउने सहयोग गर्ने सबैमा आभार व्यक्त गरे ।
प्रालिका सचिव नारायण सुवेदीले पर्याप्त पार्किङ, सबैजसो ब्रान्डका मोबाइल, सर्भिस सेन्टर समेत बजारकै केन्द्रमा आफूहरुले उपलब्ध गराइएको बताए ।
मेलामा उपहार जित्ने विजेताहरुलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१