बलात्कार अभियोगमा पाण्डे प्रहरीको नियन्त्रणमा

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७५

लेखनाथ, २८ भदौ ।कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ मा ७० वषीया बृद्धालाई बलात्कार गर्न खोज्ने एक युवा प्रकाउ परेका छन् ।

बेगनासताल नजिक नहरचोकमा शर्मिला पौडेलको घरमा भाडामा बस्दै आएकी आँखा कम देख्ने बृद्धालाई घरमा कोही नभएको अवस्थामा सोही घरमा भाडामा बस्ने बर्ष ४५ का  रेबतीरमण पाण्डेले बुधवार दिउँसो बलात्कार गर्न खोजेको बुझिएको छ । तर पीडित परिवारबाट प्रहरीमा बलात्कृत भएको भन्दै पाण्डेलाई किटानी जाहेरी दिएका थिए ।

तीज मान्न श्रीमती माईत गएको बेला रक्सीले मातेका पाण्डेले बृद्धाको कोठा थुनेर जवरजस्ती गरेको पीडित पक्षको आरोप रहेको छ । एउटै घरको फरक फरक कोठामा वस्दै आएका पाण्डेले बृद्धाका छोरा सामान किन्न बजारतर्फ गएको समयमा ढोका थुनेर बलात्कारको प्रयास गरेको र पछि हल्ला भएपछि पाण्डे भागेका थिए ।

घटनापछि फरार रहेका पाण्डेलाई प्रहरीको सहयोगमा बिहीवार दिउँसो तनहुको आवुखौरेनीबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की लगिएको डाँडाकोनाक प्रहरीचौकीका प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबरसिंह थापाले जानकारी दिएका छन् ।

बलात्कार हो वा होइन भन्नेबारे वुझ्नका लागि बृद्धाको पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको छ । रिपोट नआइपुगेकाले प्रयास मात्र हो वा बलात्कार नै हो भन्नेबारे अहिले नै भन्न नसकिने प्रहरीको भनाई छ ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width