मदरल्याण्डमा रक्तदान

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७५
motherland

पोखरा, २६ भदौ। तीज अवसरमा युवा रेडक्रस सर्कल मदरल्याण्ड माविको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४९ युनिट रगत संकलन भयो ।

प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र प्रमुख डण्डराज शर्माले विद्यार्थी तथा पहिलो रक्तदाता आभाष सिग्देललाई ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि डण्डराज शर्माले विद्यालयले रक्तदानजस्तो पवित्र कार्यक्रम गरेकोमा धन्यवाद दिए । उनले यसप्रकारका कार्यक्रमले रगत अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए ।

युरेस मदरल्याण्ड सचिव निवेदिता अधिकारीले स्वागत मन्तव्य राखेको यस कार्यक्रममा विद्यालय निर्देशक तथा युरेस संरक्षक त्रिभुवन शर्मा, नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ का सभापति दामु बराल, नेरेसो जिल्ला शाखा सदस्य बलराम आचार्य लगायतले बोलेका थिए।

युरेस मदरल्याण्डका अध्यक्ष रिजन ज्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक नायक रोशन थापाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width