खहरे आमा समूहको सरसफाइ

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५
Khahare Aama Samuha

पोखरा, २४ भदौ। खहरे आमा समूह पोखरा-६ ले शुरु गरेको सरसफाइ अभियान ८१ औं हप्तामा जारी रहेको छ।

शनिवार गैराको चौतारादेखि सामुदायिक भवनसम्म सरसफाइ गरिएको थियो। सरसफाइमा आमा समूहका पदाधिकारी र स्थानीय सहभागी थिए।

कार्यक्रममा इण्डोनेशियामा सम्पन्न १८ औं एशियन खेलकुद प्रतियोगितामा रजत पदक प्राप्त गर्ने ११ जना प्याराग्लाइडिङ खेलाडीहरुलाई सम्मान गरिएको थियो।

खहरे आमा समूहकी अध्यक्ष मैया थापा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्याराग्लाइडिङ संघका अध्यक्ष योगेश भट्टराई र समूहकी सचिव पम्फा थापाले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width