पोखरा, १६ भदौ । सिद्धी सेतुली स्मृति प्रतिष्ठानले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग गरेको छ ।
शनिबार विशेष कार्यक्रमबीच प्रतिष्ठानले ५७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । मैत्री शिक्षा समूहअन्तर्गत सरस्वती आदर्श विद्याश्रमका ३, गण्डकी एजुकेशन फाउण्डेशन, न्यू ग्यालेक्सी र जनप्रिय क्याम्पसका एक/एक तथा विन्ध्येश्वरी माविका २ जनालाई छात्रवृत्ति दिइएको हो ।
यस्तै, ज्ञानभुमी स्कुलका ४ जना विद्यार्थीलाई शान्तरत्न शाक्य जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको छ । कन्या माविका १२ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको छ भने नवप्रभात स्कुलका १४ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । यस्तै कन्या क्याम्पसका ८ जना विद्यार्थीलाई ७ हजारका दरले र वालमन्दिर माविका १० जनालाई छुट्टाछुट्टै छात्रवृत्ति दिइएको छ ।
प्रतिष्ठानले गएको बैशाखमा पहिलो चरणको ७४ जना विद्यार्थीलाई ६१ हजार १ सय ९१ रुपैयाँका् शैक्षिक सामग्री प्रदान गरेको थियो भने शनिवार दोश्रो चरण अन्तरगत ३ लाख ३० हजार ६ सय रुपैयाँको शैक्षिक सामग्री र छात्रवृत्ति प्रदान गरिएको हो ।
प्रतिष्ठानले २०६४ सालदेखि हरेक २ बर्षमा वालबालिका, महिला र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्ने ब्यक्ति तथा संस्थालाई १ लाख रुपैयाँको पुरस्कार प्रदान गर्दछ भने २०६८ सालदेखि बालशिक्षा कार्यक्रम अन्तरगत शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गर्दै आएको छ । शनिबार बाबाको स्मृति र आमाको जन्मजयन्तीको अवसरमा छात्रवृत्ति वितरण गरिएको बालशिक्षा कार्यक्रम सञ्चालन समितिका संयोजक विश्रत्न शाक्यले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि पोखराका प्राइभेट स्कुल संस्थापक विकल शेरचनले प्रतिष्ठानले सबैका लागि उदाहरणीय काम गरेको बताए । उनले अरु संस्थाले पनि यस्ता कार्यक्रमको सिको गर्नुपर्ने बताए ।
आमन्त्रीत ब्यक्ति तारा पाखे, विद्यार्थीहरु सन्ध्या रामदास र धनराज मिनारलगायतले बोलेका थिए । प्रतिष्ठानका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव कल्याण पन्तले गरेका थिए भने उपाध्यक्ष विद्या गुरुङले स्वागत गरेकी र्थिन् ।
सोही अवसरमा बालहित कोषमा काहुँका रामचन्द्र आचार्य र भरतचन्द्र आचार्यले आमाको बाषिर्कीमा ५५ हजार १ सय १० रुपैयाँ सहयोग गरेका थिए भने काठमाण्डौंका मणिकरत्न शाक्य र चन्द्रशोभा शाक्यले ६१ हजार सहयोग गरेका थिए । उनीहरुलाई संरक्षक सहयोगीको सदस्यता दिइएको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१