जीवनपानीलाई गजल प्रतिभा पुरस्कार

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५

पोखरा, १२ भदौ ।गजलकार जीवनपानीलाई गजल प्रतिभा पुरस्कार-२०७५ प्रदान गरिने भएको छ।

गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको सो पुरस्कार सन्ध्याका सल्लाहकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २ दशकदेखि नेपाली गजलको उन्नयन र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

स्याङ्जामा जन्मेर गजलकर्ममा निरन्तर लागिरहेका जीवनपानीका ५ गजल संग्रह प्रकाशित छन्।

पश्चिमाञ्चल क्षेत्रमा जन्म वा कर्म गरिरहेका गजलकारलाई प्रदान गरिने पुरस्कारलाई देश संघीयतामा गएसँगै प्रादेशिक ढाँचामा ढालिएको छ।

पुरस्कार छनोट समिति सदस्यमा रुपिन्द्र प्रभावी कटु, मन क्षेत्री सदस्य तथा सन्ध्याका अध्यक्ष अमृत सुवेदी र सचिव वसन्त विनोद पदेनसदस्य थिए।

मोति जयन्तीका अवसरमा भदौ २३ गते १५ हजार रुपैयाँ र सम्मानपत्रले जीवनपानीलाई पुरस्कार अर्पण गरिने सन्ध्याले जनाएको छ।

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका जीवनपानी गजल, मुक्तक, कविता लेखनमा क्रियाशील छन्। एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले आफ्ना बुबाको स्मृतिमा सन्ध्याले प्रदान गर्ने पुरस्कारका लागि स्थापना गरेको १ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट यसपटक जीवनपानीलाई प्रतिभा सम्मान प्रदान गर्न लागिएको अध्यक्ष अमृत सुवेदीले जानकारी दिए।

यसअघि रुपक वनवासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदीप्त गिरी र बाबु त्रिपाठी, कपिल शर्मा पुरस्कृत भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • ‘आनन्द संहिता’ माथि परिचर्चा

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । पत्रकार तथा साहित्यकार घनश्याम खड्काद्वारा लिखित ‘आनन्द संहिता’ को पोखरामा शनिबार परिचर्चा भएको छ । ¥यान्डम रिडर्स सोसाइटीले…
  • मिस मगरमा म्याग्दीको वर्चश्व

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा, २३ भदौ । म्याग्दीकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति…
  • चैतन्यको ‘जुद्ध शमशेरका नाममा’ लोकार्पण

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    पोखरा । कवि चैतन्य अधिकारीले कविता संग्रह ‘जुद्ध शमशेरका नाममा’ प्रकाशनमा ल्याएका छन् । उक्त संग्रहको शनिबार पोखरामा लोकार्पण भयो…
  • यसरी मनाए कलाकारले तीज

    रासस भाद्र २१, २०८१
    काठमाडाै । आज सबेरै नुहाएर घरकै मन्दिरमा पूजा गरिसकेपछि अभिनेत्री केकी अधिकारी पाटन दरबार क्षेत्र पुग्नुभयो । उहाँ १५ वर्षदेखि…
  • कविशिरोमणिको पूर्णकदको सालिक अनावरण

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    लेखनाथ । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्णकदको सालिक अनावरण गरिएको छ । शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज…

hero news full width