पोखरा, २३ भदौ । म्याग्दीकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् । एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै म्याग्दीको दग्नामकी कृष्टिनाले उपाधिसहित १ लाख, ट्रफी तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । उनले मस्ट चार्मिङको अवार्डसमेत हात पारिन् । फस्ट र सेकण्ड रनर अप पनि म्याग्दीकै भए । म्याग्दीका आशिका गर्बुजामगर फस्र्ट रनरअप र सेकेन्ड रनरअप नरिशा पुनमगर घोषित भए । उनीहरुले क्रमशः जनही ५० र २५ हजार प्राप्त गरे । आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिपको उपाधि हात पार्दा नरिशाले फोटो जेनिक अवार्ड थापिन्।
थर्ड रनरअप महोत्तरीको गौशालाकी रश्मी आलेमगर भइन् । १५ हजार हात पारेकी विधागतमा मस्ट ट्यालेन्टेड र बेस्ट पर्सनालिटी पनि बनिन् ।
भ्यूअर च्वाइसमा स्याङ्जाको वालिङकी माया दर्लामीमगर बनिन् । उनले मस्ट फ्रेन्ड्ली उपाधिसमेच चुमिन् ।
टिम संयोजक प्रियंका गर्बुजामगरका अनुसार मोस्ट डिस्प्लिन जानकी रास्कोटीमगर, बेस्ट टे«नी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट दिपीका आलेमगर भइन् ।
मस्ट डेडिकेटेड अस्मिता बुढामगर, मस्ट पपुलर र क्रियटिभ सरिता थापामगर, इन्थुजियास्टिक जेरुशा पुनमगर बनिन् ।
मुख्य निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर तथा निर्णायकमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजक उमेश दर्लामीमगर थिए । सो अवसरमा ३ असोजदेखि प्रदर्शन हुने फिल्म ‘खुस्मा’ का कलाकार धीरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायत उपस्थित थिए ।
सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरले कोरियोग्राफी गरेका थिए ।
नेपाल मगर संघ कास्की संरक्षकत्वमा भएको कार्यक्रममा निट डेन्टल केयरलगायतले प्रायोजन गरेको एसटी क्रियशनका कार्यकारी निर्देशक सुरज थापाले बताए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१