कविशिरोमणिको पूर्णकदको सालिक अनावरण

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०८१
siromani salik kabiraj 3

लेखनाथ । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र पश्चिम पृतना हेड क्वार्टरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले संयुक्तरुपमा सालिक अनावरण गरे । सो अवसरमा स्मृति पार्कसमेत उद्घाटन गरियो । पोखरा महानगरपालिकाको आर्थिक सहयोग, नेपाली सेनाको प्राविधिक सहयोग र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिक एवं स्मृति पार्क निर्माण गरिएको हो ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले कविशिरोमणि लेखनाथ पौड्याल नेपाली भाषा र साहित्यका महान सर्जक भएको बताए । पौड्याल नेपालीभाषीमाझ स्वदेशमा मात्र नभई विदेशमा प्रख्यात कवि प्रकृति, मानव जीवन समाज र कलाको माधुर्यलाई आफ्ना कवितामा भित्रसम्म उधिनेर प्रस्तुत गर्न सक्ने खुबी भएको उल्लेख गरे । साथै उनले कविता मानव जीवनका विषयमा मात्र होइन, मृत्युका विषयमा पनि दार्शनिक कविता कोरेको, प्रकृतिको चित्रण र मनमोहक वर्णन भएकाले पर्यटन साहित्यको राजधानीरुपमा विकास गर्न सबै एकजुट हुन आग्रह गरे । ‘पर्यटनको राजानी पोखरा’ लाई साहित्यको राजधानीको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

पृतनापति उपरथी पौडेलले साहित्यको सम्मानमा पूर्णकदको सालिक, पानीको फोहोरा, स्वागत गेट र पार्क सहितको निर्माणले शिरोमणिप्रति सम्मान रहेको बताउँदै नेपाली सेनाले पाटी पौवा, स्मृति पार्क लगायतका ऐतिहासिक स्थलको संरक्षण र प्रवद्र्धनमा जोड दिएको बताए ।

पोखरा २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले कविशिरोमणि पौड्याल आधुनिक युगको जन्मदाता तथा मानवतावादी कविका रुपमा नेपाली साहित्यमा चिनिने गरेको बताए । उनको जन्मस्थल पोखरा २७, लेखनाथ अर्घौ अर्चलेलाई साहित्यस्थलरुपमा विकास गर्न सकिने उनले बताए ।

पोखरा महानगरपालिकाको करिब ५७ लाख ७७ हजार लागत तथा पश्चिम पृताना हेडक्वार्टरको श्रमदानमा पौड्यालको पूर्णकदको सालिक तथा स्मृति पार्क निर्माण गरिएको हो ।

लेखनाथ पौड्याल नेपाली साहित्यको परिस्कारवादी धाराका थालनीकर्ता थिए । उनी आधुनिक युगको जन्मदाता, आध्यात्मिक पुनर्जागरण तथा आध्यात्मिक मानवतावादी कविका रुपमा नेपाली साहित्यमा चिनिन्छन् । पोखरा २७ अर्चलेमा जन्मिएका उनलाई २००८ सालमा पौड्याललाई ‘कविशिरोमणि’ उपाधि दिइएको थियो ।

कविशिरोमणि जन्मस्थल संरक्षण समिति अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा भएको समारोहमा साहित्यिक व्यक्तित्वसँगै विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width