आहा गोल्डकपबाट २४ लाख बचत

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७५
Budda bisal bajar raktadan

पोखरा, ९ भदौ । १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताबाट २३ लाख ७६ हजार रुपैयाँ बचत भएको सहारा क्लब पोखराले जनाएको छ ।

शनिबार आयव्यय सार्वजनिक गर्दै अर्थ संकलन उपसमितिका संयोजक टीकाबहादुर कार्कीले खेलाडी दैनिक भत्तामा मात्रै २८ लाख २२ हजार खर्च भएको बताए । उनले ग्राउण्ड स्टेज र प्यारापिट निर्माणका लागि ६ लाख ३६ हजार रुपैयाँ खर्च भएको बताए ।

संयोजक कार्कीले पुरस्कार वापतको यो वर्षको कर तिर्न भने बाँकी रहेको बताए । उनले खर्च भएको रकममा यातायातमा १ लाख ३८ हजार, अतिथि सत्कारमा २ लाख ६ हजार, फोटो प|mेम तथा मायाको चिनोमा १ लाख ६२ हजार, मञ्च व्यवस्थापनमा १ लाख ३० हजार र व्यानर कपडा तथा लेखाइ खर्च वापत १ लाख ४१ हजार खर्च भएको जानकारी दिए । १६ औं आहा रारालाई १३ लाख ५० हजार रुपैयाँ मुख्य प्रायोजक रारा चाउचाउले प्रदान गरेको थियो भने राष्ट्रिय खेलकुद परिषदले ५ लाख, गोर्खा ब्रुअरीले ३ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको थियो । यस्तै, सहारा क्लब अष्टे्रलियाले दोश्रो पुस्कार बापत २ लाख ५१ हजार, लुम्बिनी विकास बैंक, पृथ्वीराजमार्ग बस सञ्चालक समितिले १ लाख ५० हजार सहयोग दिएका थिए ।

सहारा हङकङले १ लाख २६ हजार तथा रोयल र नेपाल पर्यटन बोर्डले ७५/७५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य प्रायोजक आहा रारा चाउचाउ उत्पादन संस्था हिमश्री फुड्सका अध्यक्ष समेत रहेका सांसद सूर्यबहादुर केसीले बोलेका थिए ।

क्लबले गत वर्ष माघ ९ देखि २० सम्म पोखरा रंगशालामा सो प्रतियोगिता गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width