सिर्द्धार्थ बुद्ध टोलको सरसफाइ

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७५
siddhartha

लेखनाथ, ३० साउन । टोल सफा र स्वच्छ बनाइराख्न पोखरा-२९ को सिर्द्धार्थ बुद्ध टोल विकास संस्थाले सरसफाइ अभियान तीव्र पारेको छ ।

सरसफाइबारे सचेतना जगाउँदै बुधवार टोलको क्षेत्राधिकारअन्तर्गत बाटोको दायाँ-बायाँको फोहर संकलन गर्ने र आफ्नो घरआँगनअघि स्वयंले सफा राख्न सबैलाई आग्रह गरिएको थियो । संस्था अध्यक्ष सुवेदार चन्द्रबहादुर गुरुङको नेतृत्वमा निस्किएको टोलीले पृथ्वीराजमार्गको छेउछाउ, भण्डारढिक र खल्याण लगायत क्षेत्रमा सरसफाइ गरेको हो । वडाध्यक्ष चेतबहादुर गुरुङले टोल सरसफाइको लागि स्वयं टोलबासी नै सक्रिय भए महानगरपालिकाको तर्फबाट सहयोग प्राप्त हुने धारणा राखेका थिए । कार्यक्रममा संस्थाकी सचिव चीनमाया गुरुङ, सैनिकवस्ती आमा समूहकी अध्यक्ष श्रीमाया गुरुङ, सदस्य विन्दु केसी र लालमाया गुरुङले सरसफाइ महत्व र उपादेयिताबारे जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width