भविष्य निर्माणमा चिल्ड्रेन पार्क

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७५
DSC01243

पोखरा, १९ साउन । पोखरा वडा २१, कृष्तिस्थित भविष्य निर्माण मावि परिसरमा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

विद्यालयमा अध्ययनरत ससाना विद्यार्थीलाई खेल्नका लागि सो पार्क निर्माण गरिएको हो ।

करिब ६५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको पार्कमा चिप्लेटी, पिङ र चाकाचुली छन् । वडाध्यक्ष खगराज आचार्यले सो पार्क उद्घाटन गरे ।

भविष्य निर्माण मावि व्यवस्थापन समिति अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रम सहायक प्रधानाध्यापक बालकृष्ण कार्कीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width