भत्काइयो पालिखेचोकका घर

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७५
palikhe

पोखरा, १७ साउन। पोखराको पालिखेचोकमा रहेका मापदण्डभित्रका घर भत्काउन थालिएको छ। पोखरा वडा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको संयोजकत्वमा गठित समितिले सबै समस्या समाधान गरेर घर भत्काएको हो।

पोखरामा जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो नगरसभामै अनौपचारिक छलफल भएको थियो। त्यसपछिको कार्यपालिका बैठकले बास्तोलालाई संयोजक तोकेर काम अघि बढाइएको हो। बिहीबार वसन्त उदास, मिश्री उदास र दुधमान उदासको संयुक्त नाममा रहेको दुर्इतले कच्ची घरमा डोजर लगाइएको छ। १५ दिनअघि नै मुआब्जा टुंगाएर घरधनीलाई मुआब्जा लिन सूचना जारी भएको थियो। तोकिएको मितिभित्र २ जनाले मुआब्जा बुझेका र २ जनाले निवेदन दिएका वडाध्यक्ष बास्तोलाले बताए। उनका अनुसार विहीवार भत्काइएको घरधनी र प्रदीपशंकर पालिखेले आफ्नो जग्गा र घरको मुआब्जा बुझिसकेका छन्। किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठले मुआब्जा बुझ्नका लागि निवदेन दिएका छन्।

‘प्राविधिक कारणले दुर्इजनाले ढिलो गरी मुआब्जा बुझ्ने निवेदन दिनुभयो। मुआब्जा बुझिसकेकाको घर पहिलो चरणमा भत्काइएको हो,’ बास्तोला भन्छन्, ‘अब मुआब्जामा समस्या छैन। भत्काउने क्रम शुरु भैसकेको छ। मुआब्जा दिएपछि बाँकी घर हप्तादिनभित्रै भत्काउछौं।’ बाँकी घरधनीसँग पनि निरन्तर सर्म्पर्क भैरहेको उनको भनाइ छ।

चार दशक अघिदेखिको प्रयास अहिले सफल भएको हो। मापदण्डभित्र रहेका घर र जग्गाको मुआब्जा तत्कालीन प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी संयोजकत्वको मुआब्जा निर्धारण समितिले टुंगाएको हो।

सोही निर्णयका आधारमा महानगरले जग्गाधनीलाई मुआब्जा दिएको थियो। उदास परिवारले ७६ लाख १६ हजार रुपैयाँ मुआब्जा पाएका छन् भने पालिखेले ४४ लाख ६२ हजार रुपैयाँ मुआब्जा बुझेका छन्। यस्तै किशोरीदेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको घर पनि भत्काउन मुआब्जा निर्धारण भइसकेको छ। किशोरीदेवीले ७३ लाख १६ हजार र कृष्णमानले ६६ लाख ९६ हजार रुपैयाँ मुआब्जा बुझ्न सहमति जनाइसकेका छन्। घर भत्काएपछि पालिखेचोक फराकिलो हुनेछ। निकै साँघुरो भएका कारण पालिखेचोकमा लामो समयसम्म गाडी जाममा पर्छन्। पालिखेचोकको १ सय ९९ वर्गमिटर जग्गा अध्रि्रहण गरिएको छ। प्रति वर्गमिटर १ लाख २० हजारको दरले मुआब्जा तोकिएको हो। ४ दशकअघि नै तत्कालीन अञ्चलाधीश शंकर पाठकले पनि ती घर भत्काएर सडक फराकिलो बनाउने प्रयास गरेका जानकार बताउँछन्। तर स्थानीयको विरोधले काम हुन सकेको थिएन। त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पटकपटक यी घर भत्काउने प्रयास गरेका थिए। नयाँ संरचनामा जनप्रतिनिधि निर्वाचित भएकै वर्ष दिनभित्र मापदण्डभित्रका घर भत्काउन सफल भएको हो।

Related News

सम्बन्धित समाचार

  • तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८१ का लागि छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले ‘तमु विद्यार्थी छात्रवृत्ति…
  • पोउवा संघको कार्यसमितिलाई बुद्व विशाल बजारकाे बधाई

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसन, पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको…
  • सेन्टर प्वाइन्टमा प्याराडाइज स्पाको शाखा

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले लेकसाइडको सेन्टर प्वाइन्टमा नयाँ शाखा बिस्तार गरेको छ । पोखरा ६ स्थित अंशुभरा…
  • आज संविधान दिवस

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । संविधान दिवस आज (बिहीबार) मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका…
  • पोखरा महानगर शिक्षा महाशाखाद्वारा शैक्षिक सम्मान

    श्रीभद्र पौडेल असाेज २, २०८१
    पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाले राष्ट्रिय शिक्षा दिवस अवसरमा बुधबार ७ सय ६३ जनालाई सम्मान गरेको छ । दिवसको अवसरमा…

hero news full width