तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
असाेज ४, २०८१
Tamu Sanskritik Schoolar Photo

पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८१ का लागि छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले ‘तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम’ अन्तर्गत बिहीबार विभिन्न जिल्लाका ८७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

कास्की, तनहुँ, स्याङ्जा, पर्वत र लमजुङ (पश्चिमी भेग) का विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको संस्थाका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए । उक्त छात्रवृत्ति सुरुमा कक्षा ९ बाट छात्रवृत्ति पाएकाहरुले १२ सम्म (लगातार ४ वर्ष) प्राप्त गर्ने उनले बताए । यो वर्षका लागि विभिन्न जिल्लाबाट लिखित र मौखिक परीक्षामार्फत प्रतिस्पर्धाबाट छनोट विद्यार्थीले पाएका हुन् ।

५ असोजमा गोरखा र लमजुङ (पूर्वी भेग) मा पनि छात्रवृत्ति वितरण कार्यक्रम तय गरिएको उनले बताए । उक्त कार्यक्रमबाट हालसम्म ४ सय ४८ जना विद्यार्थी लाभान्वित भइसकेका उनले जानकारी दिए । अहिले १ सय ८७ जना विद्यार्थी छात्रवृत्तिमा पढिरहेका छन् ।

प्रमुख अतिथि सोसल पब्लिक स्कुल, पोखराका संस्थापक प्रबन्ध निर्देशक खिमबहादुर तमुले छात्रवृत्ति प्राप्त गर्नु भनेको गरिब भएको कारण नभइ आफ्नो क्षमता र दक्षताले महत्व राख्ने बताए । यसरी सफलता हासिल गरेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गरी योग्य बनेर राष्ट्रका लागि योगदान पु¥याउन उनको आग्रह थियो ।

कार्यक्रममा चण्डीडाँडा माविका शिक्षक दीप्तिदत्त अधिकारी, प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरु सूर्योदय मावि घाम्राङ, लमजुङमा कक्षा ९ मा अध्ययनरत स्वप्निमा तमु, माउन्ट अन्नपूर्ण मावि नदीपुर, पोखरामा कक्षा ११ अध्ययनरत् पूर्णिमा तमुले छात्रवृत्तिले विद्यार्थीको पढाइ ठूलो राहत मिल्ने बताएका थिए ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कन्चन तमुले गरेका थिए भने प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै