पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसन, पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको छ ।
बिहीबार एक कार्यक्रम गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा एसोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले संघले गर्ने हरेक राम्रा कामको साथमा एसोसिएसन साथमा रहेको बताए । खत्रीले व्यवसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
संघका निवर्तमान अध्यक्ष पवन प्रजापतिले व्यवसायीका घरबहाल कर लगायत विभिन्न करका समस्याहरू रहेको बताउँदै यसबारे पोखरा महानगरपालिकासँग मिलेर काम गर्न संघलाई आग्रह गरे । प्रजापतिले एसोसिएसनले आफूलाई जुन सम्मान गरेको छ, त्यसका लागि धन्यवाद दिँदै व्यवसायीहरूलाई फुटेर हैन जुटेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा संघका नव निर्वाचित अध्यक्ष गोकर्ण कार्कीले आफ्नो जित सम्पूर्ण व्यवसायीको जित भएको बताए । उनले आफू सधैँ व्यवसायीको साथमा रहेको बताउँदै व्यवसायीलाई परेको समस्या समाधान गर्न चौबिसै घण्टा तयार रहने प्रतिबद्धता जनाए । उनले व्यवसायीको हकहितका लागि नेपाल सरकार लगायत पोखरा महानगरपालिका साथै विभिन्न संघसंस्थासँग सहकार्य गर्दै काम गर्ने बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पवन प्रजापतिलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बुद्व विशाल बजार व्यापारिक एसोसिएसनले सम्मान गरेको थियो ।
एसोसिएसन अध्यक्ष इन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष बुद्धिबहादुर कुँवरले स्वागत र सचिव थमनसिंह गुरूङले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१