शान्तिसुरक्षामा कुनै सम्झौता हुँदैन : प्रजिअ

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७५

पोखरा, १६ साउन । कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाको शान्तिसुरक्षा र अमनचयन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् । जिल्लामा हालैमात्रै सरुवा भइ आएका प्रजिअ बुढाले बुधबार पत्रकार सम्मेलनमा बोल्दै भने, ‘शान्तिसुरक्षा कायम गर्ने हो, त्यसमा कुनै सम्झौता र ढिलासुस्ती हुँदैन ।’

उनले नागरिकको गुनासो नआउने गरि काम गर्ने र गुनासो आए तत्काल सुधार गरिने बताए । उनले सरकारी कार्यालयमा बिचौलियाको प्रवेशलाई कडाइ गरिने प्रतिबद्धता समेत गरे । कास्कीका मालपोत, यातायातलगायत सबै कार्यालयमा बिचौलिया निषेधलाई कडाइका साथ कार्यान्वयन गरिने उनले बताएका हुन् । मंगलबारबाट जिल्लामा हाजिर भएका प्रजिअ बुढाले सरकारले घोषणा गरेको सिण्डिकेट कास्कीमा पूर्ण रुपमा लागू गर्ने बताए । उनले भने, ‘कास्कीमा समितिको नाममा, एनजिओ, आइएनजिओलगायत नाममा भएका सबै सिण्डिकेट अन्त्य हुन्छ, अब तिनीहरुको नवीकरण हुँदैन ।’

पोखराको पर्यटकीय क्षेत्र फेवाताल तथा बसपार्क लगायत क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणबारे आफू जानकार भए पनि त्यसमा निर्णय गर्ने आफ्नो क्षेत्राधिकार नभएकाले पोखरा महानगरपालिकाले गरेका निर्णय अनुसार कार्यान्वयन गर्ने जानकारी दिए ।उनले राज्यले दिन नहुने भनेका बाहेक सबै सूचना उपलब्ध गराउने पनि बताए । उनले भने, ‘आवश्यक सबै सूचना उपलब्ध गराउँछौ ।’

बुढा मकवानपुरबाट सरुवा भइ कास्कीमा आएका हुन् । यसअघिका कास्कीका प्रजिअ तारानाथ अधिकारी अद्यागमन कार्यालयमा सरुवा भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width