अर्घखाँची, १६ साउन। स्वतन्त्र पत्रकार संघ नेपाल, अर्घखाँचीले शाखा स्थापना दिवस अवसरमा सदरमुकाम सन्धिखर्क नगरपालिका वडा १ स्थित निर्मल नवज्योति सुस्तमनःस्थिति विद्यालयमा शैक्षिक सामग्री तथा खाद्यान्न वितरण गरेको छ।
प्रमुख अतिथि संघ अर्घखाँचीका पूर्व अध्यक्ष हरिप्रसाद भुसालले आफू बाहिर रहे पनि संघको हितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
राष्ट्रिय पार्षद डिल्लीराज घिमिरेले विद्यालयमा आउँदो दिनमा पनि संस्थाले सक्दो सेवाका काम गर्ने बताए।
शाखाका कार्यवाहक अध्यक्ष अम्बिका बेल्वासे णश्रेष्ठ) ले सो अवसर जुटाइदिने राष्ट्रिय समिति र जिल्ला समितिलाई धन्यवाद ज्ञापन गरिन्।
संघका जिल्ला सदस्य भुमबहादुर सूर्यवंशी ‘प्रदीप’ले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष दिनेश गैरेले गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला भुसाल, राष्ट्रिय पार्षद विशाल पाण्डे, संघका जिल्ला सचिव शिव बेल्वासे लगायतको सहभागिता थियो।
अर्घखाँची शाखा पूर्व अध्यक्ष हरिप्रसाद भुसाल विवेकशील साझा पार्टीका प्रवेश गरी राजीनामा दिएपछि लामो समय रिक्त रहेको सो पदमा जिल्ला समिति सिफारिसमा उपाध्यक्ष अम्बिकालाई कावाको जिम्मेवारी दिइएको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१