चितवन, १३ साउन । जिल्लाका सोझा साझा सर्वसाधारणलाई ललाई फकाई भारत पुर्याएर मृगौला तस्करी गरेको अभियोगमा चितवन प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेहरुमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका ४ बस्ने ४१ वषिर्य हरि परियार भन्ने दुर्गा बहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ४ बस्ने ३५ वषिर्य बिक्रम पहरी, मकवानपुर जिल्लाको बकैया गाउँपालिका ५ बस्ने २८ वषिर्य प्रकाश तामाङ, मोरङ जिल्लाको बयरबन गाविस ६ बस्ने ३४ वषिर्य दिपक लिम्बु र रसुवा जिल्ला उत्तरगया गाउँपालिका ३ बस्ने २८ वषिर्य विशाल नेपाली छन् ।
डीएसपी ढकालका अनुसार पहरी, तामाङ र लिम्बुलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाण्डौंबाट र नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।
निजहरु मध्ये परियार बाहेकका अन्यले अन्य तस्करहरुको सर्म्पर्कबाट भारतका बिभिन्न अस्पतालहरुमा गई १/१ वटा मृगौला बिक्रीसमेत गरिसकेको पाइएको डीएसपी ढकालले बताए ।
मृगौला बिक्री गर्ने मानिस खोजी गरी सर्म्पर्क गराई दिएबापत एक जनाको ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमिशन लिने गरेको अनुसन्धानबाट खुल्न आएको ढकालले बताए । तस्करी कार्यमा संलग्न अन्य व्यक्तिहरुको समेत खोजतलास भई रहेको छ । पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धान भई रहेको डीएसपी ढकालले बताए । जिल्ला प्रहरी कार्यालय चितवनले स्वास्थ्यसम्बन्धी विभिन्न अपराध हुन सक्ने भन्दै असार २५ गते ७ जनाको मेडिकल रेस्पोन्स टिम (एमआरटी) गठन गरेको थियो । सोही टिम परिचालन भएपछि यहाँबाट मृगौला तस्करी हुने रहस्य खुलेको हो । स्वास्थ्य नगरीको रुपमा परिचित चितवनमा मानव अंग तस्कर सक्रिय हुन थालेपछि यहाँका अस्पतालहरुबाट समेत मानव अंग तस्करी हुन सक्नेप्रति सर्वसाधारण सशंकित हुन थालेका छन् ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
१०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
नवीन माविका विद्यार्थीलाई मानव अधिकारबारे प्रशिक्षण
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१