पोखरा, १८ असार । अविरल वर्षापछि आएको बाढीपहिरोमा परी सोमबार देशभर १३ जनाको मृत्यु भएको छ । पहिरोमा परी २ जना बेपत्ता भएका छन् । घर पुरिँदा एउटै परिवारका ३ जनाको मृत्यु भएको छ ।
रोल्पाको रुन्टिगढी गाउँपालिका- ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
आयुषा र चित्राको घटनास्थलमै मृत्यु भएको थियो भने १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
पहिरोका कारण बाँकेमा ४, कैलाली, सिन्धुली, चितवन, पर्सा महोत्तरी र काठमाडौंमा १-१ जनाको ज्यान गएको हो ।
बाँकेमा विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा वैजनाथ गाउँपालिका-३ का ६५ वर्षीय तुलबहादुर बुढा, सोही गाउँपालिका-५ का ३५ वर्षीय लोकबहादुर सुनार, कोहलपुर नगरपालिका-४ का चार वर्षीय रञ्जीत पासी र डुडुवा गाउँपालिका-२ का चार वर्षीया रिमादेवी यादव छन् ।
गएरातिदेखिको अविरल वर्षासँगै कैलालीको गोदाबरी नगरपालिका-९ धनचौरी गाउँमा घर भत्किँदा १ परिवारको च्यापिएर १ महिलाको मृत्यु भएको हो । अर्का १ जना घाइते भएका छन् ।
गोदाबरी नगरपालिका-९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर गएराति भत्किँदा उनकी श्रीमती ६० वर्षीया डुठा रानाको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । काठमाडौंमा धर्मस्थली खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने बाँके र पर्सा १-१ जना बेपत्ता छन् । पर्साको पर्साढी नगरपालिका-४ मा थनती खोलाको बाढीले बगाउँदा १ किशोरीको मृत्यु भएको छ भने १ बेपत्ता भएका छन् । मृत्यु हुनेमा सोही ठाउँकी १५ वर्षीया प्रतिमा राम तथा बेपत्ता हुनेमा १५ वर्षीय सुरेन्द्र महतो छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । सोही खोलाले बगाउँदा १५ वर्षीया संगीता चौरासिया बेहोश अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै १५ वर्षीय सुमन पासवानलाई बाढीले बगाउँदै गर्दा जीवितै उद्धार गरिएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो । तीन दिनदेखिको अविरल वर्षाका कारण सो खोलामा बाढी आएको हो । चारै जना बरबाछतौली माविमा कक्षा ९ को परीक्षा दिएर घर र्फकँदै थिए ।
लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिर्द्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ, गौमुखी क्लोनी, बैंक कलोनी क्षेत्र बढी डुबानमा परेका छन् ।
पहिरोले अबरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड १२ घण्टापछि दुर्इतर्फीरुपमा सञ्चालनमा आएको छ । सोमबार बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएका सडक साँझ ७: ५० बजेबाट सञ्चालनमा आएको हो ।
उता, सिर्द्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा गएराति पहिरो खस्दा अवरुद्ध बनेको बुटवल-तानसेन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आइतबार राति करिब ११ बजे सिर्द्धार्थ राजमार्गको तिनाउ गाउँपालिका-३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको सडक बिहान डोजर लगाएर पहिरो हटाइएपछि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१