पोर्चुगल जितमा रोनाल्डोको गोल

आदर्श समाज सम्वाददाता
असार ७, २०७५
Russia Soccer WCup Portugal Morocco

A woman holds a Portuguese flag prior to the group B match between Portugal and Morocco at the 2018 soccer World Cup in the Luzhniki Stadium in Moscow, Russia, Wednesday, June 20, 2018. (AP Photo/Hassan Ammar)

पोखरा, ६ असार । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘बि’ मा रहेको पोर्चुगलले मोरक्कोमाथि १-० को गोलअन्तर कायम गरेको छ ।

पोर्चुगिज टोलीको जितमा चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नायक बने । स्पेनविरुद्धको पहिलो खेलमा हृयाटि्रक गरेका रोनाल्डोले मोरक्कोबीचको प्रतिष्पर्धामा खेलको ४ मिनेटमै गोल गरेका हुन् ।

रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका रोनाल्डो दोस्रो खेलमा १ गोलमा सीमित भए ।

शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो ।

निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको सम्भावनाको नजिक पुग्ने प्रयास पटक-पटक भएका थिए ।

पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ ।

उता, समूह ‘ए’ अन्तर्गत साउदी अरेबियालाई १-० ले हराउँदै उरुग्वे प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । उरुग्वेले दोश्रो चरणको खेलमा पनि जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको हो । उरुग्वेको जीतसँगै समूह ‘ए’ बाट आयोजक रुसको पनि अघिल्लो चरण पक्का भएको छ ।

बुधबारको जितका लागि खेलको २३ औं मिनेटमा लुइस सुवारेजले गोल गरे ।

समूह बिजेताका लागि अब उसले रुससँग खेल्ने छ । उरुग्वेले अहिलेसम्म साउदीलाई हराउन सकेको थिएन । साउदी पहिलो खेलमा आयोजक रुससँग ५-० ले पराजित भएको थियो । उरुग्वेले पहिलो खेलमा इजिप्टलाई १-० ले पराजित गरेको थियो । दुर्इ पटकको पूर्व विजेता उरुग्वे अघिल्लो संस्करणमा प्रिक्वाटरफाइनलबाट बाहिरिएको थियो।पहिलो खेलमा घरेलु टोली रसियासँग फराकिलो अन्तरले पराजित भएको साउदी दोस्रो हारसँगै समूह चरणबाट बाहिरिन पुग्यो। सोही समूहको इजिप्ट पनि अघिल्लो चरण पुग्नबाट वञ्चित बन्यो ।

उता, समूह ‘बी’ रहेका इरान र स्पेनबीच राति खेल भएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width