युवाशक्तिलाई राष्ट्र निर्माणमा लाग्न जोड

आदर्श समाज सम्वाददाता
असार ३, २०७५

पोखरा, २ असार।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पडिण्तले सम्पूर्ण युवाशक्तिलाई एक साथ लिएर समृद्ध राष्ट्र निर्माणमा लाग्ने बताएका छन्। नेपाल मानव धर्म सेवा समिति युवा संगठनले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलन २०७५ लाई शनिबार सम्बोधन गर्दै मन्त्री पण्डितल सो कुरा बताएका हुन् । उनले देश विकासमा युवाको महत्वपूर्ण भूमिका रहेको बताउँदै कुनै हालतमा युवाले निरास नभई देश विकासमा जुट्न आग्रह गरे। अरुको नक्कल गरेर कदापि सफल नहुने बताउँदै मन्त्री पण्डितले नकारात्मक सोच पछि पार्दै सकारात्मक सोचका साथ अगाघि बढ्न सुझाव दिए। अहिले युवा विभिन्न कुलतमा फसेको समयमा मानव धर्म सेवा समितिले युवालाई उत्प्रेरणा जगाउन कार्यक्रमले सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरे। पोखरामा दुर्इदिनसम्म सञ्चालन भएको सम्मेलनमा महानायक राजेश हमाल, सञ्चारकर्मी सविना कार्की, लेखक तथा साहित्यकार घनश्याम खड्का, गायिका आस्था राउत लागायतले युवालाई उत्प्रेरणामूलक सन्देश दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width