सरुभक्तलाई राष्ट्रिय मुक्तक पुरस्कार

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७५

पोखरा, २६ जेठ। मुक्तक मञ्च पोखराद्वारा सञ्चालित राष्ट्रिय मुक्तक पुरस्कार-२०७४ संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलाई अर्पण गरिएको छ।

साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार कोषबाट नेपाली मुक्तकको उत्थानमा विशेष योगदान पुर्‍याउने स्रष्टालाई उक्त पुरस्कार वितरण गरिदै आएकोमा तेस्रो शृङ्खलामा श्रेष्ठलाई प्रदान गरिएको हो।

यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा पुरस्कृत भइसकेका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले २२ हजार २ सय २२ रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित सरुभक्तलाई पुरस्कार अर्पण गरेका थिए।

कार्यक्रममा पुरस्कारका संस्थापक अल्पविराम, प्रतिभा छनौट समितिका संयोजक दीपक समीप, प्राज्ञ तीथ श्रेष्ठ, मञ्चका सचिव रामजी आचार्य, अध्यक्ष प्राञ्जललगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width