चिनमा सम्पन्न प्रि-वर्ल्ड कपमा नेपालका थापा तेस्रो स्थानमा

आदर्श समाज सम्वाददाता
जेठ १८, २०७५

पोखरा, १७ जेठ ।चिनको हिनान प्रान्तको लिनझ्याउमा जेठको १२ देखि १७ गतेसम्म सम्पन्न प्याराग्लाइडिङ क्रस कन्ट्री प्रि-वर्ल्ड कपमा नेपालका बिशाल थापाले व्यक्तिगत इभेन्टमा तेस्रो स्थान हात पारेका छन् ।

करिब ६ दिनसम्म चलेको उक्त प्रतियोगितामा नेपालका कृष्णबहादुर सुनवारले पाँचौ स्थान प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघ -नेफा) का महासचिव शैलेन्द्र राउतले बताए ।

उक्त प्रतियोगितामा चिनले प्रथम र रसियाले दोश्रो स्थान हात पार्न सफल रहेका महासचिव राउतले बताए । उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपाल बाट ७ सदस्यीय टोली चिन गएको थियो।

टोलीको प्रशिक्षकमा नेपाल हवाई खेलकुद संघ -ना) का अध्यक्ष योगेश भट्टराई र टिम ब्यबस्थापकमा नेफाका सचिव इन्द्र भण्डारी र कोषाध्यक्ष मधुकर सुवेदी थिए ।

यो जितले इण्डोनेशियाको जकार्तामा हुने १८ औं एशियाली खेलकुदमा नेपालले पदक प्राप्त गर्न सक्छ भन्ने सन्देशसमेत दिएको नेफाका महासचिब राउतले बताए ।

उनले सन २०१८ को नोभेम्वरमा नेपालमा आयोजना हुने प्याराग्लाइडिङको विश्वकपमा समेत नेपालका खेलाडीले उच्चस्तरको खेल पर्दशन गर्ने क्षमता रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width