पोखरा, ५ जेठ। सृष्टि यातायात प्रालिले पोखरा-दिल्ली बस सेवा सञ्चालनमा ल्याउन लागेको छ। आइतबारदेखि जिरो किमीबाट दिल्लीको कास्मिरी गेट, मेट्रो स्टेशन १ नम्बर गेटसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याउन लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
हाल दिल्लीलाई मात्र केन्द्रित गरेर बस सेवा सञ्चालन गर्न लागेको प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद पौडेलले बताए। पौडेलका अनुसार शुरुमा हप्ताको तीन पटक पोखरा र दिल्लीबाट २ वटा बसले सेवा दिनेछ। आइतबार, बुधबार र शुक्रबारमात्रै दिल्ली र पोखराबाट बस छुट्ने पौडेलले बताए। पोखराबाट साढे ११ बजे र दिल्लीबाट दिउँसो ३ बजे बस छुट्नेछ।
डिल्क्स मापदण्ड अनुसार निर्मित बसको ३१ सिट क्षमता रहेको जनाइएको छ । शुरुमा ननएसी बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष पौडेलले जानकारी दिए। नन एसी बसको पोखरा-दिल्लीको भाडा २ हजार ८ सय रुपैयाँ रहेको पौडेलले बताए। आफ्नो मात्रै एकल लगानी रहेको २ बसका लागि ३ करोड लगानी गरेको प्रवन्ध निर्देशक पौडेलले बताए ।
नेपाल सरकारको पञ्जीकृत कानून अनुसार कम्पनी सञ्चालनमा ल्याएको पौडेलले जनाए। पृथ्वी राजमार्गअन्तर्गतमात्रै आफ्ना करिव १ दर्जन बस रहेको र उक्त बसलाई पञ्जीकृत कानून अनुसार क्रमशः कम्पनीमा ल्याउने पौडेलले बताए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१