विचारी चौतारामा निःशुल्क शिविर 

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७५
sibir news photo

पोखरा, १५ वैशाख । बिचारी चौतारा पोखरा विकास समाजको आयोजना र रिजनल हस्पिटलको प्राविधिक सहयोगमा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा ३ राष्ट्र मावि परिसरमा शनिवार बृहत् स्वास्थ्य शिविर सम्पन्न भयो।

प्रमुख अतिथि रिजनल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ माइक्रोवायोलोजिष्ट जगतबहादुर खड्कालेे बिचारी चौताराका बिरामी सेवा लिन आए हस्पिटलले गरीब असहाय बिरामीलाई निःशुल्क उपचार गर्ने र अन्य बिरामीलाई विशेष छुट सहित उपचार गराउने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा आँधीखोला गाउँपालिकाका उपप्रमुख शर्मिला पौडेल, रिजनल हस्पिटलका वरिष्ठ फिजिसियन डा मनोज कोइराला, वरिष्ठ हार्डजोर्नी डा दिनेशकुमार विक, प्रसूति रोग विशेषज्ञ डा तारा गुरुङ, फिजिसियन रामकृष्ण गिरी, रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीका निर्देशक चन्द्रकान्त पौडेल, आँधीखोला ३ का वडाध्यक्ष विष्णुबहादुर खत्री र रिजनल हस्पिटलका आजीवन सदस्य तथा विचारी चौतारा पोखरा विकास समाजका आजीवन सदस्य जितेन्द्र पौडेल, बिचारी चौतारा पोखरा विकासका अध्यक्ष आत्माराम पौडेल, सचिव माधव क्षेत्री लगायतले बोलेका थिए।शिविरमा पेट, छाती तथा मुटुरोग, हाडजोर्नी तथा नशा रोग, महिला तथा प्रसूति रोगका ४ सय जना बिरामीले सेवा लिए।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width