सांसद मीना मजदूरका छोराछोरीको संरक्षक

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७५
mina

पोखरा, ८ वैशाख । सांसद मीना गुरुङ २ जना छात्रछात्राको संरक्षक बनेकी छन् ।

नेपाल टे्रड युनियन महासंघ (जिफन्ट) की उपाध्यक्ष एवं केन्द्रीय महिला कमिटी अध्यक्ष समेत रहेकी सांसद गुरुङले शनिबार दुर्इ श्रमिक परिवारका छोराछोरीमध्ये एक जना छात्र र एक जना छात्राको संरक्षक बन्दै माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्ने घोषणा गरेकी हुन् ।

जसमा कास्कीको माछापुच्छे्र ६, धिताल घर भई हाल राष्ट्रिय माविबाट कक्षा ८ उत्तीर्ण केशवराज गौतम हुन् । उनका बुवा नन्दलाल गौतम मजदूरी गर्छन् । नन्दलाल र भगवतीका ५ सन्तानमध्ये छोरा केशवराज र ४ छोरी छन् ।

यस्तै, पोखरा ६, बंगलादी घर भइ हाल तालबाराही माविबाट कक्षा ७ उत्तीर्ण पवित्रा दाहालको पनि सांसद गुरुङ संरक्षक बनेकी हुन् । जयराम र रामदेवी दाहालका ३ छोरी र १ छोरामध्ये पवित्रा माहिली हुन् ।

कार्यक्रममा सांसद गुरुङले सानैदेखि आफ्नो स्वभाव अरुलाई सहयोग गर्ने रहेको सम्झदै यसरी दुर्इ जनाको भविष्य उज्ज्वल बनाउन आफूले सहयोग गरेको बताइन् । उनले धन भएरमात्र नहुने, सहयोगकोर्र् इच्छाशक्ति र चाहना पनि हुनुपर्ने बताउँदै सरकारको भर्ना अभियान आउनुअघि नै आफ्नो यसखालको योजना रहेको बताइन् । कार्यक्रम संचालन गर्दै जिफन्ट प्रदेश ४ अध्यक्ष रुद्र खत्रीले सांसद गुरुङको सह्राहनीय कार्यको प्रशंसा गरे । नेपाल राष्ट्रिय राष्ट्रिय सौर्न्दर्यकर्मी युनियनकी संस्थापक अध्यक्ष एवं हङकङ व्युटी इन्स्टिच्युटकी संचालक समेत रहेकी सांसद गुरुङको संचारकर्मी समेत परिचय छ ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width