काँग्रेस वरिष्ठ नेता पौडेलद्वारा समवेदना व्यक्त

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७५
ram chandra to hemraj (2)

पोखरा, ३ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले मातृशोकमा रहेका पत्रकार हेमराज बराल परिवारलाई भेटी हार्दिक समवेदना व्यक्त गरेका छन् ।

नेता पौडेलले सोमबार बराल निवास पोखरा ७, नुवारथोकमा पुगी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

सो क्रममा नेता पौडेलले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा बराल परिवारले पुर्‍याएको योगदानको स्मरण गर्दै शोकको सो घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गरे ।

काँग्रेसका वरिष्ठ नेता पौडेल सहित राष्ट्रिय सभा सदस्य वृन्दादेवी राना, पूर्व सांसद शारदा पौडेल, काँग्रेस कास्कीका जिल्ला सभापति कृष्ण केसी, माओवादी केन्द्र कास्कीका इञ्चार्ज राजकाजी गुरुङ लगायतले नेता तथा कार्यकर्ताले नवौं दिनको पुण्यतिथिमा परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन् ।

यस्तै रेडक्रस कास्कीका पूर्व जिल्ला सदस्यसमेत रहेका पत्रकार बराललाई भेट्न रेडक्रसका जिल्ला सभापति डोलराज पाण्डे सहितको टोली, अभिभावक संघ कास्कीको टोली, नानी शुक स्मृति प्रतिष्ठान, उच्च अदालत बार एशोसिएन, जनप्रिय क्याम्पस, पोखरा बहुमुखी क्याम्पस, पत्रकार, शुभचिन्तक बराल निवास पुगेका थिए ।

अधिवक्ता, प्राध्यापक समेत रहेका प्रेस युनियन कास्कीका पूर्व अध्यक्ष पत्रकार बरालका ममतामयी माता डिलमाया बरालको गत चैत २५ गते स्वर्गारोहण भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width