शंकरले बनाए फोहर संकलन यन्त्र

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७५

पोखरा, २९ चैत । रत्नज्योति मावि कक्षा ७ का शंकर श्रेष्ठले फोहर संकलनका लागि उपयोगी स्वचालित यन्त्र निर्माण गरेका छन्। १३ वषीय श्रेष्ठले एकल प्रयासमा स्थानीय सामाग्री प्रयोग गरी उक्त रोर्बर्ट बनाएका हुन्।

काठका टुक्रा, आल्मुनियम तथा टीनका धातु, जुटको बोरा, गम, रबर पांग्रा, डिसी मोटर, हाइड्रोलिक लगायत साम्राग्री प्रयोग गरी बनाएको उक्त यन्त्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो।

सो यन्त्रको अगाडिको भागले फोहर उठाएर मोटरको सहायताले माथिपट्टी रहेको लिफ्टमा पुर्‍याउँदछ। रोलरलाई पछाडि तान्दा लिफ्ट घुमेपछि फोहर बाकसमा जम्मा हुन्छ। क्रेनको सहायतमा सो फोहर विभिन्न बाकसमा राख्न सकिन्छ। फोहरको प्रकृति अनुसार फोहर छुट्याउन सकिने रोर्बर्ट निर्माणकर्ता शंकरले बताए। शंकरले यस रोर्बर्ट बाहेक केवलकार, रिमोट गाडी, डोजर बनाइसकेका छन्। यसै वर्ष जिल्ला शिक्षा कार्यालयबाट अन्तरविद्यालयस्तरीय प्रतिभा पहिचानअन्तर्गत विज्ञान विधामा उनी प्रथम भई पुरस्कृत समेत भएका थिए।

गोरखा गण्डक गाउँपालिका ३ घर भई रत्नचोक बस्दै आएका श्रेष्ठले नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययन गर्दै आएका विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले जानकारी दिए।

शंकरले निर्माण गरेको रोर्बर्टका लागि विद्यालयले आर्थिक सहयोग प्रदान गरेको छ। विद्यार्थीका यस्ता प्रतिभालाई विद्यालयले कदर गर्दै सहयोग गर्ने उनले बताए।

यसअघि सोही विद्यालयमा अध्ययन गरेका तल्लज बराल, तालांक बराल, सनिक केसी, शिशिर कुँवर लगायतले विभिन्न प्रकारका रोर्बर्ट निर्माण गरिसकेका छन्। यन्त्र प्रदर्शन कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र बराल, वडा सदस्य दीनबन्धु पौडेल, पत्रकार नारायण कार्की, शंकरकी आमा रोमिका लगायत बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width