गगनगौंडामा बस दुर्घटना १ को मृत्यु, १० घाइते

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७४

लेखनाथ, १४ चैत।पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ३४१ नम्बरको मिनीबस बुधबार तल्लो गगनगौंडामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते लमजुङ धमिलीकुवाँका २६ वर्षीय बसका सहचालक सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारक्रममा निधन भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा पोखरा लामाचौर १९ का ३० रमेश गैरे, २४ वर्षीय शंकर नेपाली, पोखरा १४ चाउथेका २१ वर्षीय विमश सुनार, चितवनकी ३४ वर्षीया वीना गुरुङ, नवलपरासी वर्दघाटकी १७ वर्षीया सुष्मा तिवारी, चितवन भरतपुर ८ का ५२ वर्षीय सुदीप पौडेल, ६१ वर्षीय गौरीशंकर रेग्मी, पोखरा १२ भृकुटीटोलकी ८ वर्षीया सुविना गुरुङ, पोखरा १४ का ३५ वर्षीय धनबहादुर सुनार रहेका छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेका ती घाइतेको अवस्था सामान्य छ ।

यस्तै, पर्वत फलेवासका ३१ वर्षीय रामप्रसाद पाठकको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बसमा सवार केही यात्रु सामान्य उपचारपछि घर फर्किसकेका छन् । दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षा निकायको सहयोगमा घाइतेको उद्धार गरिएको थियो ।

इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार पोखरा ३२ पृथ्वीराजमार्ग तल्लो गगनगौडास्थित प्रस्तावित बसपार्क क्षेत्रमा बिहान सवा ८ बजे राजमार्गबाट करिब ४० फिट तल खसेर बस दुर्घटना भएको हो । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width