लेखनाथ, १४ चैत। कुमाल समुदायको जातीय पेशाको संरक्षण गर्ने उद्देश्यले पोखरा लेखनाथ महानगरपालिका वडा २९ ले सञ्चालन गरेको १५ दिने माटोको भाँडा तथा मुढा बनाउने तालिम बुधबार सम्पन्न भयो ।
तालिम समापन समारोहमा बोल्दै वडाध्यक्ष चेतबहादुर गुरुङले आफनो भाषा, कला र संस्कृति जोगाराख्न पेशालाई जीवन्तता दिनसम्नु पर्नेमा जोड दिए।
हातमा सीप र जागर हुनेले समयको माग अनुसारका भाडा उत्पादन गर्ने हो भने बजारीकरणमा कुनै समस्य नभएको जानकारी गराउँदै सहकारीको माध्यमबाट बिक्री कक्ष निर्माण गरी पेशालाई व्यावसायिक बनाउनु पर्ने सुझाव राखेका थिए।
नेपाल कुमाल समाज सुधार समिति भण्डारढिकका अध्यक्ष दानबहादुर कुमालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षक लोकबहादुर कुमालले तालिमको उपयोगिता र उद्देश्यबारे जानकारी गराएका थिए। नेपाल कुमाल समाज सुधार समिति कास्कीका सदस्य मानेन्द्र कुमालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सचिव टोपबहादुर कुमालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१