पोखरा, ७ चैत। आसाम राइफल्स भूतपूर्व सैनिक वेल्फेयर एशोसिएसन अल इण्डियाका महासचिव भी. तुलसी नायरले आसाम राइफल्सबाट अवकास पाएका भूतपूर्व सैनिकलाई विभेदमा पार्न नहुने धारणा राखेका छन्।
उनले आसाम राइफल्सका भूपू सैनिकका लागि गोरखा राइफल्सबाट अवकास पाएकासरह सेवा सुविधा र निवृत्तिभरणको माग गरेका छन्।
पोखरामा बुधबार सम्पन्न आसाम राइफल्स भूपूहरुको भेलालाई सम्बोधन गर्दै नायरले यस्तो बताएका हुन्। आसाम राइफल्सबाट सुवेदार पदबाट अवकासप्राप्त नायर हाल कानून व्यवसायीसमेत हुन्। उनले कानून विषयमा एलएलबी गरेका छन्।
आसाम राइफल्समा कार्यरत भूपू सैनिकलाई भारतीय रक्षा मन्त्रालय र गृह मन्त्रालय मातहतको दुर्इवटा निकायमार्फत गरिने नियन्त्रण सहृय नहुने उनले स्पष्ट पारे। रक्षा मन्त्रालय वा गृह मन्त्रालयमध्ये एक निकायभित्र आसाम राइफल्सलाई समेट्नुपर्ने उनको धारणा थियो।
भारतीय सरकारले आसाम राइफल्सलाई प्रशासनिक क्षेत्रमा गृह मन्त्रालय र अपरेशनको क्षेत्रमा रक्षा मन्त्रालय मातहत कार्य गराउँदै आएको नायरको जिकिर थियो। भारत सरकारले यस्तो दुर्इवटा विवादास्पद मिसनमा राखेर आसाम राइफल्सलाई डुअल कमाण्डमा राखेकोमा उनले चको विरोध गरे।
नायरले हाल, यो विभेदलाई लिएर आसाम राइफल्समा कार्यरत भूपू सैनिकहरु आन्दोलित बनेको चर्चा गरे। ‘एक दर्जा, एक पेन्सन’ हुनुपर्नेमा नायरले जोड दिए। उनले भने, ‘आसाम राइफल्सलाई भारतीय सरकारले पारा मिलिटरीको रुपमा राखेपनि कमाण्ड र कन्ट्रोल भने एउटै मन्त्रालयको हुनुपर्यो।’
उनले आसाम राइफल्समा कार्यरत भूतपूर्व सैनिकलाई भारत सरकारले उपलब्ध गराएको सेवा, सुविधा तथा पेन्सन गोरखा राइफल्सबाट अवकासप्राप्त भूपूहरुको सेवा सुविधा भन्दा आधा कम रहेको नायरले उल्लेख गरे।
सन् २०१४ मा एशोसिएसनको स्थापनापछि आसाम राइफल्समा कार्यरत सम्पूर्ण भूपू सैनिक उक्त विषयलाई लिएर दिल्लीको उच्च अदालतमा मुद्दा चलिरहेको नायरले उल्लेख गरे।
दिल्लीको उच्च अदालतले हालैमात्र भारतीय सरकारलाई आसाम राइफल्समाथिको दुर्इवटा नियन्त्रण सम्बन्धमा ६ हप्ताभित्र भारतीय सरकारलाई जवाफ दिन आदेश जारी गरेको नायरले बताए।
सोमबार गोरखपुर, मंगलबार बुटबल र बुधबार पोखरा तथा धरानमा रहेको आसाम राइफल्सका भूतपूर्व सैनिकलाई सम्बोधन गरेका नायरले शुक्रबार काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम छ। एशोसिएसनको नेपालस्थित पूर्व धरान र पश्चिम पोखराको गरी करिब १५ सय भन्दा बढी आसाम राइफल्सबाट अवकाशप्राप्त भूतपूर्व सैनिक भेला भएका थिए।
भारतको सुप्रिम कोर्टले उनीहरुको स्वास्थ्य सेवा प्रदान गर्न भारत सरकारलाई आदेश दिएको खुशीयालीमा कार्यक्रम भएको हो। मार्च २७ मा भारतीय प्रेसबीच पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको महासचिव नायरले जानकारी दिए।
आसाम राइफल्स भूतपूर्व सैनिक वेल्फेयर एशोसिएसन अल इण्डियाको नेपालस्थित पोखराका अध्यक्ष मीनबहादुर महत क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुकबहादुर सुनारले स्वागत र सचिव टंक कार्की क्षत्रीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१