समाजसेवी जिसीद्वारा झण्डै सात लाख सहयोग

आदर्श समाज सम्वाददाता
फागुन ६, २०७४
sabin gc

समाजसेवी सविन जिसीले शनिवार सोही समारोहबीच विभिन्न संस्थाका लागि झण्डै सात लाख सहयोग गरेका छन्। उनले अपाङ्गता स्वावलम्बन समाज लामाचौरद्वारा सञ्चालित बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्रका लागि २५ हजार, सहरडहर बहुउद्देश्यीय सामुदायिक भवन निर्माणका लागि एक लाख, कालिका बहुउद्देश्यीय समाजघरका लागि पाँच हजार सोही समारोहबीच प्रदान गरे। यसैगरी सिमान्तकृत समुदायको उन्नयनका लागि विविध कार्य गर्ने उद्देश्यले स्थापना गर्न लागिएको एस फाउण्डेशनका लागि हाल पाँच लाखको अक्षयकोषको घोषणा गर्दै जिसीले मानव जन्मभूमि, राष्ट्र र समाजका लागि केही गर्नका लागि जन्मेको सामाजिक प्राणी भएकाले आफूले त्यो कर्तव्य पूरा गर्ने प्रयत्नमा लागेको बताए।

स्मरण रहोस्, यशकुमारी जिसी पुरस्कार उनै जिसीको परिवारद्वारा स्थापित अक्षयकोषबाट सञ्चालित पुरस्कार हो । २०१४ कार्त्तिक १३ गते पोखराको लामाचौर-१९ मा जन्मेकी यश कुमारी जिसी तत्कालीन महिला तथा बालबालिका मन्त्रालय अन्तरगतको महिला तथा बालबालिका विकास कार्यालयको अधिकृतका रूपमा स्याङ्जाको वालिङमा कार्यरत रहँदा २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएको थियो।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width