पोखरा थिएटर सञ्चानलमा

आदर्श समाज सम्वाददाता
फागुन ३, २०७४

पोखरा, २ फागुन। प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थिएटर बुधबारदेखि औपचारिक रुपमा  सञ्चालनमा आएको छ।  पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गर्न्धर्व नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे।

समारोहमा बोल्दै दुवैजनाले पोखरा थिएटर उद्घाटन गर्न पाउनु आफूहरुको अहोभाग्य भएको बताए। पोखरा थिएटर र पोखरेली रगंमञ्चप्रति सधै साथ, सहयोग रहने प्रतिवद्धता दुवैजनाले जनाए। थिएटरका संरक्षक शंकरनाथ कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा रंगकर्मी सुनिल पोखरेल, लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, मञ्डला थिएटरका निर्देशक राजन खतिवडा, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की, सल्लाहकार रुपेन्द्र प्रभाबी लगायतले पोखरेली रगंमञ्च र पोखरा थिएटरको बारेमा भनाई राखे। नाटकघर सञ्चालनमा आएसंगै पोखरेली रगंमञ्चले नयाँ गति लिने अपेक्षा गरिएको छ। थिएटरमा परिवर्तन कार्की, दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको संयुक्त लगानी रेहेको छ। उद्घाटनसंगै पोखरा थिएटरको गर्न्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भयो।

नाटक मञ्चनसंगै थियटर हलमा बसेर नाटक हेर्ने पोखरेलीको वषौर्देखिको सपना पूरा भएको छ। नाटक हेरिसकेपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदा कलाकार उत्साहित बनेका छन्। झण्डै  दुर्इ घण्टा लामो नाटकले छिनमा हसाँउछ। छिनमा रुवाउँछ। घरी गम्भीर बनाउँछ। नाटकमा प्रयोग गरिएको लाइट सिस्टम, टिपिकल बाजा, नेपालीपन झल्कने लवज, भेषभूषाले दर्शकलाई आर्कषित गर्छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा पोखराका नयाँ तथा पुराना रंगकर्मीको अभिनय छ। नाटकमा पोखरेली रंगमञ्चमा चिनिसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतमको अभिनय, धनबहादुर गायकको वाजाको धुनले पोखरेली रगंमञ्चको माया गर्नेहरुलाई थप उत्साहित बन्नायो।

साथमा विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङको दोहोरो भुमिका अलावा सेनापती बनेका रमेशबाबु तिमिल्सिना तथा रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जू दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बिसी, सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले पोखरेली रगंमञ्चमा नयाँ तरङ्ग ल्याएको कारण नाटक हेर्न पुग्नेको भिड बढ्ने अपेक्षा गरिएको छ। थियटरका अध्यक्ष परिवर्तनको संयोजनमा मञ्चन हुने नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन्।

सर्वसाधरणको लागि नाटक फागुन ३ गतेबाट फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ। शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त शोसमेत हुनेछ। नाटक हेर्न तीनसय र पाँचसय दरको टिकट काट्नुपर्नेछ। विद्यार्थीको हकमा एकसय दरको टिकट लाग्नेछ। नाटकघरमा पुगेर नाटकको वास्तविक स्वाद लिन सबै नाट्यप्रेमीमा थिएटर अध्यक्ष परिवर्तन कार्कीको आग्रह छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width