बूढानीलकण्ठ मन्दिरको अध्यक्षमा कोइरालाको निरन्तरता

आदर्श समाज सम्वाददाता
माघ २१, २०७४
DSC09889

पोखरा, २० माघ। पोखरा ४, गणेशमार्गस्थित बूढानीलकण्ठ मन्दिर संरक्षण समितिको शनिबार सम्पन्न पाँचौ अधिवेशन तथा दशौं साधारणसभाले पुनः श्यामबहादुर कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको प्रथम उपाध्यक्षमा शान्ति कोइराला, द्वितीय उपाध्यक्षमा राजुबहादुर कोइराला, सचिवमा उपेन्द्रराज गौतम, सहसचिवमा शारदाप्रसाद कोइराला, कोषाध्यक्षमा उदारराज भण्डारी छन्। सदस्यमा रामबहादुर कोइराला, भोलाप्रसाद पराजुली, गिता रिमाल पौडेल, इन्दु कोइराला र फणिन्द्र अधिकारी छन्। कार्यकाल २ वर्षको हुनेछ ।

त्यस अवसरमा प्रदेशसभा सदस्य प्रभा कोइराला, पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलासहित सदस्य र चन्दादातालाई सम्मान गरिएको थियो। समितिका अध्यक्ष श्यामबहादुर कोइराला र संरक्षक सदस्य जेहेन्द्रमान पालिखेले उनीहरुलाई सम्मान गरेका थिए।

साधारणसभा उद्घाटन गर्दै प्रदेश ४ का प्रदेशसभा सदस्य प्रभा कोइरालाले सबै मिलेर विकास र आर्थिक उन्नति लागि हातेमालो गर्नुपर्ने बताइन्। उनले राजनैतिक पूर्वाग्रहभन्दा माथि उठेर सेवा गर्ने उल्लेख गरिन्।

पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले जनताको आवश्यकतालाई प्राथमिकता दिएर काम गरिरहेको बताए।

समाजसेवी राजेन्द्रनिधि कोइरालाले समाजको विकासका लागि व्यत्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा समाजसेवी शशीधर पराजुली, टंकनाथ नापित, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, पोखरा ४ का वडा सदस्य सुवर्णनंग केसी, सृजनशील महिला समूहकी सचिव कल्पना गौतम लगायत बोलेका थिए।

साधारणसभाले सचिव उपेन्द्रराज गौतमले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष उदारराज भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

मन्दिर संरक्षण समितिका अध्यक्ष श्यामबहादुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति कोइरालाले स्वागत र सचिव उपेन्द्रराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width