फेवातालको जलकुम्भी निकाल्न मेसिन

आदर्श समाज सम्वाददाता
माघ १८, २०७४

पोखरा, १७ माघ। जलकुम्भीले बिरुप बन्दै गएको पोखराको गहना फेवातालमा अब फोहार तथा जलकुम्भी निकाल्न मेसिन प्रयोग हुने भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख र पोखरा लेखनाथ महानगरुपालिकाको ७५ लाख रुपैयाँ गरी डेढ करोड रुपैयाँ लागतमा खरिद गरिएको मेसिन बुधबार तालमा परीक्षण समेत गरियो। मेसिन खरिदमा प्रतिनिधि सभा सदस्य समेत रहेका संसद् विकास समितिका पूर्व सभापति रवीन्द्र अधिकारी र महानगरपालिकाले समन्वय गरेको थियो ।

तालबाट फोहोर र जलकुम्भी झार निकाल्ने क्यानाडाबाट खरिद उक्त मेसिन बुधबार ताल किनार बाराही घाटमा झारिएको थियो ।

मेसिनको परीक्षण भए पनि माघ अन्त्यतिर विशेष समारोह गरी औपचारिक रुपमा सुरुवात गरिने जनाइएको छ । तालबाट निकाएको फोहोर तथा जलकुम्भी एकै ठाउँमा जम्मा गरी कम्पोष्ट मल बनाइने पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले गत वैशाखमा जलकुम्भी झार व्यवस्थापनका लागि मेसिन खरिदको निर्णय गरेको थियो । तालबाट जलकुम्भी निकाल्नकै लागि वर्षेनी २० लाख भन्दा बढी खर्च हुने गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width