पत्रकार शान्ति गुरुङ प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएकी छन् । प्रेस चौतारी नेपालका पूर्व गण्डकी इन्चार्ज तथा कास्कीका पूर्व अध्यक्ष हरि बास्तोलाको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङलाई उक्त पुरस्कारबाट सम्मान गर्न सिफारिस गरेकोमा प्रेस चौतारी कास्कीको बुधबारको बैठकले अनुमोदन गरेको हो ।
समिति सदस्यमा चौतारीका केन्द्रीय सदस्य श्रीराम सिग्देल, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस चौतारी कास्कीका सल्लाहकार रामकृष्ण ज्ञवाली, पदेनसदस्य प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल र सचिव अर्जुन गिरी थिए । प्रेस चौतारीको स्थापना दिवस अवसरमा माघ २२ मा पत्रकार गुरुङलाई उक्त पुरस्कारबाट सम्मान गरिने जनाइएको छ । पुरस्कारको राशि ११ हजार १ सय ११ र सम्मानपत्र छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१