लायन्सको भिआईए परीक्षण शिविर

आदर्श समाज सम्वाददाता
माघ १७, २०७४
lions vIA TEST

पोखरा, १६ माघ। लायन्स क्लब अफ पोखरा चौतारीले मङ्गलबार निःशुल्क भिआईए परीक्षण शिविर गरेको छ।

पुरानो बसपार्कस्थित दीया फार्मेसीमा आयोजित शिविरमा पोखरा वडा ७, ८, ९ र  १० का १ सय ३७ जनाको पाठेघर परीक्षण गरिएको थियो। शिविरलाई आमा समूह र टोल विकास संस्थाले सहयोग गरेका थिए। कार्यक्रम लायन धु्रुवबहादुर थापाको प्रमुख आतिथ्यमा भएको हो।

लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतामा भएको कार्यक्रम सचिव ढाकामोहन श्रेष्ठले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width