पोखरा महोत्सवमा गायिका सम्मानित

आदर्श समाज सम्वाददाता
माघ ७, २०७४
maya gurung sammanit

पोखरा, ६ माघ। जारी आठौं पोखरा महोत्सवमा गायिका माया गुरुङ र उमा गुरुङलाई शनिबार सम्मान गरिएको छ।

चालीसको दशकमा चर्चामा आएको भए तापनि पछिल्लो समय गुमनाम जस्तै रहेका ती गायिकालाई युनाइटेड क्लबले महोत्सव स्थलमा सम्मान गरेको क्लब अध्यक्ष सुकबहादुर गुरुङले बताए।

सम्मान ग्रहणपछि गायिका माया गुरुङले पछिल्लो समय लोकसंस्कृतीमा विकृति बढेकाले निकै दुःख लागेको बताइन्। गुरुङले ‘गाउँ शहरमा लम्जुङ दरबार’ गीत आफ्नै वास्तविक जीवनको गीत भएकाले निकट भविष्यमा एकल साँझ गर्ने धोको रहेको र त्यसका लागि सबैले सहयोग गरिदिन समेत आग्रह गरिन्।

पोखरा महोत्सव अवसरमा लोक संस्कृतिको संस्कृतिको संरक्षणमा योगदान पुर्‍याएका ब्यक्तिलाई सम्मान गर्ने हरेक वषेको श्रृंखलामा यसपालि उनीहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको प्रचार प्रसार संयोजक राजु श्रेष्ठले बताए।

उनीहरुलाई क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लब अध्यक्ष सुकबहादुर गुरुङ, प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, द्वितीय उपाध्यक्ष लोकबहादुर थापा, महासचिव राजु श्रेष्ठ, सचिव शान्तबहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना, गायिका कोमल वली लगायतले सामूहिक रुपमा सम्मान गर्दै सम्मानपत्र हस्तान्तरण गरेका थिए।

शनिबार नै गायिका वलीले पोइला जान पाम भन्ने गीत गाउँदा महोत्सवमा उपस्थित दर्शक झुमेर नाचेका थिए।  हास्य ब्यङ्ग्यतर्फ पुखे बा र लाइभ कर्न्र्सटमा भिटेनको प्रस्तुति रह्यो ।

आइतबार लोकदोहोरी गायिका राधिका हमाल र स्थानीय कलाकारद्वारा लोकदोहोरी प्रस्तुत गरिने छ भने साँझ लाइभब्याण्डमा द एक्स ब्याण्डको प्रस्तुति रहने छ। शनिबार महोत्सवको ४० हजार दर्शकले अवलोकन गरे भने १ करोड ५० लाख रुपैयाँ कारोबार भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width