नेतृत्वमा युवाको सवालबारे अन्तक्रिर्या

आदर्श समाज सम्वाददाता
माघ ५, २०७४

पोखरा, ४ माघ।  भर्सटाइल युथ सोसाइटी पोखराले नेतृत्वमा युवाको सवालबारे अन्तक्रिर्या गरेको छ। युवाको उपस्थिति नेतृत्व तहमा कमजोर हुँदै गएको भन्दै भर्सटाइलले हरेक क्षेत्रमा युवाको निर्णायक सहभागिता हुनुनपर्नेमा जोड दिएको हो।

बुधबार भएको कार्यक्रममा पर्वत क्षेत्र १ बाट विजयी प्रतिनिधिसभा सदस्य पदम गिरीले राजनीतिमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उनले युवाको उपस्थितिले मात्रै देशको समृद्धि सम्भव हुने बताए। ‘राजनीतिलाई फोहरी खेलको रूपमा संसारले स्वीकारेको छ। नेपालमा पनि धेरै क्षेत्र यस्तै छ’-उनी भन्छन्-‘अब युवाको उपस्थितिले सबै विकृति र विसंगति अन्त्य गर्नुपर्छ। युवा साथीलाई मेरो आग्रह छ।’ उनले विकास निर्माणमा युवा परिचालन गर्न नीतिगत तहमै व्यवस्था हुनुपर्नेमा जोड दिए।

पोखरा विश्वविद्यालयका इञ्जिनियरिङ डिन बुद्धिराज जोशीले शैक्षिक क्षेत्रको नेतृत्व युवापुस्तामा हस्तान्तरण नभएको भन्दै परिवर्तनको सवालमा युवा एकजुट हुनुपर्ने बताए।

युवा परिषद कास्कीका अध्यक्ष आशीर्वाद सुवेदीले राष्ट्रिय ‘युवा नीति २०७२’ र ‘युवा भिजन २०२५’ बारे प्रकाश पार्दे सरकारी तहबाटै युवाको भूमिका स्पष्ट हुनुपर्ने धारणा राखे।

संस्थाका संस्थापक सुन्दर गिरीको सहजीकरणमा भएको कार्यक्रममा सहसंयोजक सुरेन्द्र पौडेलले स्वागत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width