रहिनन् रूपा

आदर्श समाज सम्वाददाता
माघ १, २०७४
rupa

पोखरा, ३० पुस।रेडियो बाराहीमा लामो समय आवद्ध सञ्चारकर्मी रूपा कार्कीको निधन भएको छ।

उपचारका क्रममा शनिवार बिहान उनको भारतको दिल्ली अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

उनले रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रमको लोकप्रियताले उनी पोखरामा साँहिली आमा भनेर चिनिएकी थिइन्। त्यसबाहेक रेडियोका अन्य कार्यक्रम बाराही कलइन, लोक संस्कृतिलगायतका कार्यक्रम सञ्चालन गरेकी थिइन्।

पोखरा शीतलदेवी निवासी रूपा विवाह भएर काठमाडौं गएपछि उनले रेडियो छाडेकी थिइन् ।

फोक्सो र पेटमा देखिएको समस्याका कारण विगत ५ महिनादेखि उनलाई दिल्लीमा उपचारार्थ भर्ना गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • तमु सांस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले शैक्षिक सत्र २०८१ का लागि छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले ‘तमु विद्यार्थी छात्रवृत्ति…
  • पोउवा संघको कार्यसमितिलाई बुद्व विशाल बजारकाे बधाई

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । बुद्व विशाल बजार व्यापारिक एसोसिएसन, पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगायत कार्यसमितिहरुलाई बधाई तथा स्वागत गरेको…
  • सेन्टर प्वाइन्टमा प्याराडाइज स्पाको शाखा

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले लेकसाइडको सेन्टर प्वाइन्टमा नयाँ शाखा बिस्तार गरेको छ । पोखरा ६ स्थित अंशुभरा…
  • आज संविधान दिवस

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । संविधान दिवस आज (बिहीबार) मनाइँदैछ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनको सम्झनामा हर्षोल्लासका…
  • पोखरा महानगर शिक्षा महाशाखाद्वारा शैक्षिक सम्मान

    श्रीभद्र पौडेल असाेज २, २०८१
    पोखरा । पोखरा महानगरपालिका शिक्षा महाशाखाले राष्ट्रिय शिक्षा दिवस अवसरमा बुधबार ७ सय ६३ जनालाई सम्मान गरेको छ । दिवसको अवसरमा…

hero news full width