१. स्थानीय तहको निर्वाचनको लागि उमेदवारका आकांक्षीहरु आफू उम्मेदवार हुन आफ्नो क्षमता र योग्यताले भ्याएसम्म प्रयास गरिरहेका छन्। उता जनतामा उत्साहको लहर नै उत्पन्न भएको छ। तर मधेसी मोर्चा र आदिवासी जनजातिका संगठनहरु आफ्नो माग पुरा नभएसम्म चुनावमा सहभागी नहुने अडान दोहोर्याई रहेका छन्।
२. सरकारले असन्तुष्ट पक्षलाई चुनावमा सहभागी बनाउन अको प्रयास गरेको छ। सरकारले चुनावलाई दुर्इ चरणमा गर्ने र सीमांकनको कुरा शक्तिशाली आयोग गठन गरेर त्यसलाई जिम्मा दिने योजना बनाउँदै छ। सरकारी श्रोतका अनुसार त्यसरी प्रस्ताव गरिएमा प्रमुख प्रतिपक्षी एमाले र मधेसवादी दुवै पक्ष संविधान संशोधनको लागि तैयार हुने अनुमान छ।
३. अब त चुनाव हुने दिन नजिकिई सक्यो। तर राजनीतिक क्षेत्र भित्र भित्रै अन्यौल छ। बाहिर भने तिनीहरुले चुनाव हुन्छ भन्दैछन्। असन्तुष्ट पक्षलाई सन्तुष्ट पार्न नसक्नु तिनीहरुको कमजोरी हो। तिनीहरुले न सन्तुष्ट पार्न सकेको छ। नकि अब पेलेर जाने भन्न सकेको छ।
४. पार्टीरुले उम्मेदवारको योग्यता तोकि सकेका छन्। वडा-वडामा उम्मेदवार छान्न बैठकहरु भइरहेका छन्। तानातान चको छ। जति ठूलो पार्टीभयो, उति तानातान बढ्दो छ। वडाको राजनीतिको सरगर्मीता बढेको छ। तीन चार दिन प्रयास गरेर पनि तिनीहरुले छान्न सकेका छैनन्।
५. वडामा प्रत्यक्ष त्यसरी तानातान छ भने मेयर र उपमेयरका लागि भित्रभित्र शक्ति केन्द्रहरुले रुचि राख्न थालेका छन्। खास गरेर महानगरपालिकाको मेयर र उपमेयरमा ठूला नेताहरुको आँखा जान थालेको छ।
६. यसपटक महिला उम्मेदवारहरुको चासो राम्ररी बढेको छ। वडामा मात्र होइन, मेयर र उपमेयरका महत्वकांक्षी महिलाहरु पनि देख्न थालिएका छन्। ठूला पार्टीका महिलाहरु पनि ती पदहरुको महत्वाकांक्षी देखिनु राम्रो संकेत हो। तर दलित वर्गबाट अझै त्यस्तो उत्साह प्रदर्शन भएको देखिएको छैन।
७. करिब दुर्इ दशकको प्रतीक्षा पछि हुन लागेको स्थानीय तहको निर्वाचन निश्चय नै ठूलो महत्वको छ। स्थानीय विकास निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। ती सबै दृष्टिले यसको ठूलो महत्व छ। सरकारले अनुकुल वातावरण सिर्जना गरेर मधेसवादीहरुलाई पनि चुनावमा सहभागी बनाउनु पर्दछ। त्यस दृष्टिले सरकारले ल्याउन लागेको वैकल्पिक प्रस्ताव महत्वपूर्ण हुने अनुमान गरिएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१