१. निर्वाचन आउन अब ४० दिन बाँकी छ। बैशाख ३१ गते निर्वाचन घोषणा भएको छ। तापनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका व्याप्त छ। मधेशी मोर्चा अझै निर्वाचनका लागि तैयार भएको छैन। सरकारले मोर्चासँगको वार्ता जारी राखेको छ। त्यसको लागि अनौपचारिक कार्यदल पनि गठन गरिएको छ। तैपनि सहमतिमा आएको छैन।
२. देशमा चुनावको स्थिति अनौठोको छ। एक पक्ष चुनाव प्रचारमा लागिसकेको छ। त्यो पक्ष चुनावमा लागेको मात्र होइन त्यसले चुनावमा आफ्नो जीत सुनिश्चित भएको दावासमेत गरेको छ। अको पक्ष अझै संविधान संशोधन गर्नुपर्ने, मतदाता नामावलीमा तराईका मतदाताहरुको नाम छुटेकाले तिनीहरुको नाम समावेश गर्नुपर्ने भन्दैछन्।
३. सरकारमा रहेका पार्टीरुले उम्मेद्वारका लागि बल्ल मापदण्ड तैयार गर्दैछन्। उम्मेद्वार हुनेहरु अगाडि बढिसकेका छन्। करिब दुर्इ दशक पछि पहिलो पटक स्थानीय निर्वाचन हुन गइरहेकाले यस पटक नयाँ आकांक्षीको संख्या बढ्दो छ। मधेशमा पार्टीरुले निर्ण नलिए तापनि स्थानीय जनतामा उत्साहको सञ्चार बढेको छ।
४. निर्वाचन आयोग निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनु पर्नेमा जोड दिँदैछ। त्यसले निर्वाचन सर्व स्वीकार्य बनाउनु पर्नेमा सरकारलाई दबाब दिँदैछ। त्यसले आफ्नो काम गरिरहेको कुरा सार्वजनिक पनि गर्दैछ। निर्वाचनका लागि निर्वाचन आयोगद्वारा गर्नुपर्ने आन्तरिक तैयारी दू्रतगतिले भइरहेको छ।
५. यस किसिमले निर्वाचनका लागि देश अगाडि बढिरहेको छ। तापनि बीच बीचमा अनेक अप्ठ्यारा र अवरोधहरू तेसाउने प्रयास भइरहेका छन्। कतै चुनाव चिन्हको विवाद अघि सारिएका छन् भने कतै आफ्नो विधानबाट हिन्दू राष्ट्र र राजसंस्थाको कुरा हटाएकोमा आपत्ति जनाउने गरिएको छ।
६. राजनीतिक अवस्था तरल छ। यो तरलताको मौका छोपेर धमिलो पानीमा माछा मार्नेहरु सक्रिय भएका छन्। चुनावको विरोधमा तानावाना बुन्ने प्रयास जारी छ। षडयन्त्रको खेल भइरहेको छ। हाम्रो स्थिति सकारात्मक दिशातिर मात्र होइन, नकारात्मकतिर जाने सम्भावना पनि उत्तिकै छ।
७. स्थितिको यो गम्भीरतालाई बुझेर तथा यो निर्वाचनबारे संविधान कार्यान्वयनको दिशामा राम्ररी प्रवेश हुन्छ भन्ने सम्झेर निर्वाचनको लागि प्रयास गर्नु हाम्रो पहिलो आवश्यकता हो। यसबेला कसैले पनि आफ्नो अडान मात्र नभनेर केही लचिलो भएर तथा एक कदम पछि हटेर भए पनि निर्वाचनका लागि वातावरण बनाउनु पर्दछ। निर्वाचन सर्वस्वीकार्य गर्नुपर्दछ। यो आजको आवश्यकता हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१