१. दान भन्ने कुरा हाम्रो नेपाली समाजमा धेरै सुनिन्छ। धर्मको क्षेत्रमा दान दिनु अपरिहार्य नै हुन्छ। त्यसैले यस क्षेत्रमा लागेकाहरू बढि दान दिन्छन्। उनीहरू दान दिएर पुण्य कमाउन चाहान्छन्। उनीहरू यो जुनीमा दान गर्न सके अको जन्ममा पाइन्छ भन्ने विश्वास गर्दछन् र धर्मात्माहरू आफू पनि दान गर्दछन् र अरुलाई दान गर्न प्रेरित गर्दछन्।
२. दान भन्ने अहिले मात्र होइन, उहिलेदेखि नै रहदै आएको चलन हो। दान दिने चलन हरेक धर्म र समाजमा छ। कसैले गोप्य दान गर्दैछन् भने कसैले देखाएर दान गर्दछन्। कतिपय ठाउँमा दान गर्ने एक किसिमको प्रस्तपर्धा पनि हुन्छ। अरुले भन्दा बढी दान दिएर दानवीरको रूपमा नाम कमाउने पनि गर्दछन्।
३. यी सबैभन्दा छुट्टै र बेग्लै किसिमले दान गरिएको समाचार पनि आएको छ। हालै भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चनपुरको पुनर्वासका गोविन्द गौतम मारिएको घटनाबाट द्रवीभूत भएर नेपाली सेनाका पूर्व सुवेदार दामोदर प्रसाद अधिकारीले शहीदको परिवारलाई दिएको दान यहाँ चर्चाको विषय भएको छ।
४.सुवेदार अधिकारीले सरकारी जग्गामा बसेर जीवनयापन गरिरहेका शहीद परिवारलाई आफ्नो लालझण्डी बजारमा रहेको एक सय पचहत्तर वर्ग किलोमिटरको जग्गा र आफ्नो एक महिनाको पेन्सन १५ हजार रूपैयाँ दान दिएका छन्। उनले आफ्नो जग्गाको प्रमाण पूर्जा बर्दियाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदान गरेका छन्।
५. शहीद परिवारलाई सरकारले रु १० लाख राहत स्वरूप दिने, शहीदका बालबालिकालाई निःशुल्क पढाइदिने व्यवस्था गर्ने लगायतको घोषणा गरेको छ। त्यस्तै एमालले पनि आफ्नो मेची-महाकाली अभियानको क्रममा शहीद परिवारलाई रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ। अरु दाताहरूले पनि सहयोगको हात अघि सार्न सक्छन्।
६. शहीद परिवारको दुःख आफ्रनै किसिमको छ। उनीहरूको आफ्नो घरबार छैन। उनीहरू सरकारी जग्गामा छाप्रो बनाएर बसिरहेका छन्। त्यो परिवार शहीद गोविन्द गौतमको भरमा जीवन निर्वाह गर्दै आइरहेको थियो। कमाएर खुवाउने मुख्य मान्छेलाई अन्यायपूर्वक मारिदा त्यो परिवारको दुःख कष्ट र वेदना हृृदयविदारक भएको छ।
७. यस्तोमा सुवेदार दामोदर प्रसाद अधिकारीले उनीहरूको आवासका लागि आफ्नो जग्गा दिएका छन्। त्यसमा रु १५ हजार नगद दिएका छन्। सुवेदारले दिएको त्यो दान त हो, तर यो दान विशेष किसिमको दान हो। कुनै लोभलालच नराखी दिएको दान हो। त्यसमा पुण्य स्वयम्को अपेक्षा पनि छैन र पुनजन्ममा केही पाउने अभिलाषा पनि छैन। उनले दिएको त्यो दान व्यक्तिगत रूपले शहीद परिवारका लागि एक विशुद्ध सहयोग हो, यसमा सबै नेपालीको भावना समेटिएको छ। त्यसैले यो ठूलो दान हर शहीदको सम्मान हो। त्यसरी सम्मान गर्नु ठूलो कुरा हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१