१. एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बहुमतको नाममा सत्तामा रहेका काङ्ग्रेस र एमालेले पेल्न खोजे आफूहरूले सडक र सदन दुवैबाट आन्दोलन चर्काउने बताएका छन्। शनिबार पोखरामा आयोजित गणतान्त्रिक मोर्चाको एक कार्यक्रममा उनले त्यो उद्घोष गरेका हुन्।
२. सत्ताका साझेदार नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेताहरूले सहमतिको आधारमा संविधान बन्न नसके विवादास्पद विषयलाई प्रक्रियामा लगेर टुङ्ग्याउने कुरा गरिरहेका बेलामा एकीकृत माओवादी अध्यक्ष दाहालको त्यो उद्घोष आएको हो। त्यो दुवै पक्षको विचार सुन्दा अब समयमा संविधान बन्न नसक्ने प्रष्टजस्तै भएको छ।
३. सत्ताका साझेदारहरू एकातिर र प्रतिपक्षीहरूले अकोर्तिर मोर्चाबन्दी गरेपछि राजनीतिक स्थिति राम्रो हुने देखिँदैन। नेताहरूले संविधानसभाको चुनावको बेला बोलेका कुरा फेरि खेर जाने भएको छ। नेताहरू बाठा छन्। उनीहरू एकले अकोर्लाई दोष थोपर्न माहिर छन्। उनीहरू त दोष थोपारेर उम्कन खोज्लान् तर देशलाई निकास कसरी दिने, मुख्य प्रश्न त्यो हो।
४. पहिलो संविधानसभाको बेलामा पनि यस्तै समस्या उत्पन्न भएको थियो। त्यसबेला पनि उनीहरूले एकले अकोर्लाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरे। अहिले पनि उनीहरूले त्यही प्रवृत्ति देखाउन खोजेका छन्, त्यो खतरनाक प्रवृत्तिको पुनरावृत्त हुनु दुर्भाग्य हो।
५. भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्लाई सम्बोधन गर्दा नेताहरूलाई संविधान बनाएर सम्राट अशोक हुन भनेका थिए। उनको त्यो सड्ढेत प्रष्ट रूपमा एमाओवादी अध्यक्ष दाहालप्रति थियो। बुद्ध जन्मेको देशका एक नागरिक सम्राट अशोकजस्तो हुनु हामी सबैको लागि खुसीको कुरा हो।
६. उनको त्यो उद्घोषपश्चात् एमाओवादी अध्यक्ष दाहालको भावभ·ीमा अनुकूलको जस्तो देखिन्थ्यो। उनले किंचित मात्र भए पनि पार्टीकाट माथि उठेर गिरिजाप्रसाद कोइरालालेझैं गरेमा केही हुन सक्छ। गिरिजाप्रसाद पनि त्यसै गिरिजा भएका होइनन्। त्यसको पछाडि समपण र त्यागको फेहरिस्त छ। जुन कुरा अरुले भन्दा अध्यक्ष दाहालले सबभन्दा बढी अनुभूत गरेको हुनुपर्दछ।
७. यस दृष्टिले सोच्दा संविधान समयमै बन्दा व्यक्तिगतरूपमा सबभन्दा बढी फाइदा कसैलाई हुन्छ भने त्यो व्यक्ति दाहाल नै हो। दाहालका लागि यो ठूलो अवसर हो। क्रान्तिकारी र पार्टीको कुरा गर्दागर्दै उनका अवसर धेरै गुम्दै गएका छन्। अब त्यस्तो गर्नुभएन। जसरी हुन्छ, माघ ८ गते संविधान घोषणा गर्ने वातावरण बनाउनुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१