१. पोखराका पर्यटन व्यवसायीहरुले आफ्नो व्यवसायको सम्भाव्यता र क्षेत्र विस्तारका लागि बेला-बेलामा विभिन्न अवधारणा ल्याउने गरेका छन्। उनीहरु यसअघि जाउँ है पोखराको अभियान सञ्चालन गरेका थिए भने अहिले लोलुफेरा पदयात्राको नयाँ अवधारणा ल्याएका छन्। जसको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले आइतबार पोखरामा गरे।
२. आफ्नो उद्घाटन भाषणमा डा. यादवले पर्यटनसँग मुलुकको गौरव र पहिचान जोडिएको हुन्छ भन्दै पर्यटनलाई परिणाममुखी र व्यवसायिक रुपले सबल बनाउनुपर्नेमा जोड दिए। उनले लोलुफेरा अन्तर्गत पुरातात्विक महत्वका सम्पदाहरु पनि पर्ने भएकाले यसको आफ्नै महत्व भएको उल्लेख गरे।
३. व्यवसायीहरुले लोमन्थाङ, लुम्बिनी, फेवाताल र रारातालसम्म आतेजाते पदयात्राको खोजी गर्ने र ती महत्वपूर्ण स्थल र सम्पदाहरुलाई जोड्ने विचारले लोलुफेरा पदयात्रा-२०७१ को आरम्भ गरेका हुन्। पहिलो पटकको यो पदयात्रामा ४० जना सहभागी छन्।
४. यसलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन व्यवसायीहरुले लोलुफेरा विकास मञ्च भन्ने संस्था नै बनाएका छन्। त्यही संस्थाकै नेतृत्वमा उनीहरुले पदयात्रा प्रारम्भ गरेका हुन्। पदयात्रीहरु पोखराको फेवातालबाट पुम्दीभुम्दी शान्तिस्तुप हुँदै पञ्चासे, पर्वत, बागलुङ हुँदै ढोरपाटन र त्यहाँबाट मुगुको रारा ताल पुग्ने छन्।
५. डेढ महिनासम्म चल्ने पदयात्रामा ठाउँ ठाउँमा पर्यटन सञ्चार, विकास निर्माण लगायतका अन्य विज्ञहरुको पनि सहभागिता रहने मञ्चका पदाधिकारीहरुले बताएका छन्। पदयात्रीहरुले कास्की, पर्वत, बागलुङ जिल्लाको विभिन्न गाउँमा भएका होम स्टेको अवलोकन गर्ने र तिनीहरुको केकसरी विकास गर्न सकिन्छ, सुझाव दिने समेत विचार गरेको छ।
६. लोलुफेरा अन्तर्गतका चारैवटा स्थलहरु अत्यन्त महत्वपूर्ण छन्। तीमध्ये लोमन्थाङ र लुम्बिनी ऐतिहासिक धार्मिक एवम् पुरातात्विक दृष्टिले महत्वपूर्ण छन् भने रारा ताल र फेवाताल प्राकृतिक सौर्न्दर्यले भरिएका छन्। रारा ताल नेपालको सबभन्दा ठूलो ताल हो भने फेवाताल प्राकृतिक र धार्मिक दृष्टिले पनि दर्शनीय ताल हो।
७. ती सबै दृष्टिले लोलुफेराको अवधारणा समसामयिक छ र महत्वपूर्ण छ। पर्यटन विकासमा यसले राम्रो योगदान पुर्याउन सक्छ। पर्यटन व्यवसायलाई फराकिलो पार्न र नयाँ-नयाँ पर्यटकहरुलाई आकषिर्त गर्न सकियो भने यो अवधारणा यस क्षेत्रका लागि वरदान सावित हुन सक्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१