१. राष्ट्रपति डा. रामवरण यादवले आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे। उनले नीति तथा कार्यक्रममा सरकारको सम्पूर्ण ध्यान समयमै जनचाहना अनुरुपको संविधान जारी गर्नु हो भनेका छन्। उनले त्यही संविधानलाई आधुनिक नेपालको समृद्धिको प्रस्थान विन्दु हो भनी उल्लेख गरे।
२. नीति तथा कार्यक्रममा सन् २०२२ सम्म मुलुकलाई विकासशील मुलुकको स्तरमा पुर्याउने सरकारको योजना भएको पनि बताए। उनले त्यो कार्यक्रम सफल पार्न आधा दर्जन जति ऐनमा सुधार गर्नु पर्ने र तद्नुसारको कार्यक्रम तर्जुमा गर्नु पर्ने उल्लेख गरे।
३. नीति था कार्यक्रममा एक घर एक रुख, एक गाउ“ एक वन तथा एक सहर एक उद्यानलगायत विशेष नीति तथा कार्यक्रम ल्याउने घोषण पनि गरिएको छ। साथै त्यसमा सम्पदा संरक्षण, सफाई, जन-नेता क्रियाकलापका लगि ७५ जिल्लामा १० लाख युवा साथै स्वयम्सेवक पचिालन गर्ने पनि सार्वजनिक गरिएको छ।
४.साक्षरता नेपाल कार्यक्रम प्रभावकारी रुपले सञ्चालन भईरहेको र कतिपय जिल्लाले निरक्षरता उन्मूलन गरेको घोषण समेत गरेको परिप्रेक्षमा त्यस कार्यक्रमलाई अगाडि बढाउँदै आगामी वर्षलाई निरक्षरता उन्मूलन वर्षका रुपमा मनाउने घोषणा गरिएको छ। देशबाट निरक्षरता उन्मूलन हुनु हाम्रो लागि ठूलो कुरा हुनेछ।
५. एक सय छ बुँदे नीति तथा कार्यक्रममा धेरै कुरा समेटिएको छ। नीति तथा कार्यक्रम धेरै लामो भएकोले कतिपयले त्यसलाई निरस पनि भनेका छन्। कतिपयले नयाँ कुरा केही नभएको परम्परावादी ढ·ले ल्याएको भनि त्यसको कडा आलोचना पनि गरेका छन्।
६. उनीहरूले कर्मकाण्डी ढ·ले आएको भनि त्यसको विकल्पमा अर्केा नीति तथा कार्यक्रम पेश गर्न पनि भनेका छन्। प्रतिपक्षले सरकारको कुरालाई आलोचना गर्नु स्वाभाविक हो। त्यसरी आलोचना गर्नु पनि एक कर्मकाण्डी भएको छ। तर यहा“ सत्ता साझेदार सभासद् र नेताहरूसमेत आलोचना गर्न उत्रेका छन्।
७. नीति तथा कार्यक्रममा संविधान निर्माण र स्थानीय निर्वाचनलाई महत्वका साथ उल्लेख गरेको छ। लोड सेडिङले आहत भएको मुलुकमा उज्यालो नेपाल समिृद्ध नेपाल भन्ने नारा पनि ल्याएको छ। वास्तवमा नारा मात्र मात्र राम्रो भएर पनि हुँदैन। मुख्य कुरा त्यसको कार्यान्वयन हो। कार्यान्वयन भनेको अब आउने सरकारको आधा-समयको विवरण बजेट हो। नीति तथा कार्यक्रम लामो भयो भन्दा भन्दै पनि त्यसले अझै केही पक्षलाई स्र्पर्श गरेको छैन। छुटेको छ। आउने बजेटले त्यसता छुटेका पक्षलाई सम्बोधन गर्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१