१. कास्की जिल्लाको अर्मला गाविसको खेतमा भ्वाङ परेको र भ्वाङको सङ्ख्या बढ्दै गएको छ। खेतमा करिब २०० वटा जति भ्वाङ परिसकेको छ। जसले गर्दा खेती त गर्न नसकिने नै भयो त्यहाँका डेढ दर्जन बढी घरसमेत जोखिममा परेका छन्। त्यहाँको विद्यालय भवनसमेत जोखिममा परेको छ।
२. एक वर्ष पहिले भ्वाङ पर्न थालेको त्यस खेतको बर्बादी हेर्न मानिसहरूको मेला नै लागेको थियो। अब वर्षा सुरु के हुन लागेको थियो कि भ्वाङ फेरि पर्न थालेको छ। जसले गर्दा स्थानीय जनता आत्तिन थालेका छन्। पीडित जनताले राहत र मुआब्जाको माग गरेका छन्।
३. खेतमा परेको भ्वाङ सभासद्हरू, मन्त्रीहरू र प्रधानमन्त्री सुशील कोइरालाले पनि अवलोकन तथा निरीक्षण गरेका थिए। सबैले सहानुभूति प्रकट गरी राहतको व्यवस्था गरिदिने आश्वासन दिए। पीडित जनताले आहत धेरै पाए।तर मुआब्जास्वरूप खास केही पाएका छैनन्।
४. खेतमा भ्वाङ के कसरी पर्यो भनी प्राविधिक टोलीहरू पनि आए। टोलीले सरकारलाई रिपोर्ट पेश गरेको हुनुपर्दछ। त्यस टोलीले वर्षा सुरु हुनुपूर्व त्यहाँको पानीको बन्दोबस्त गरी कालीखोलामा पुर्याउनुपर्ने राय दिएका थिए। अब त मनसुन सुरु भएको छ तर त्यहाँ रोकथामको काम खास भएको छैन।
५. प्राविधिक टोलीले त्यहाँ पहिले भएको खोलाको पानी स्वाभाविक किसिमले बग्न नपाएकोले त्यो पानी अन्त जमिनभित्र प्रवेश गरेको र त्यसरी पसेको पानीले जमिनभित्रको कमेरो माटो बगाउन थालेकोले खेतको त्यो दुर्दशा भएको जनाएका छन्। टोलीले केही सुझाव दिएको छ। तर त्यसको कार्यान्वयन भएको छैन।
६. स्थानीय जनताले नाग पूजासमेत गरेका छन्। अनेक हल्ला र अफवाह फैलिएको छ। यहाँको आवाज व्यवस्थापिका संसद्मा समेत पुगेको छ। प्रश्न सोध्नेले सोधिरहेका छन्। तर ठोस काम कुरा केही भएको छैन। स्थानीय जनता निराश प्रायः छन्।
७. उनीहरूलाई निराश राख्नुभएन। उनीहरूलाई सरकार छ र सरकारले सहयोग गर्छ भन्ने पार्नुपर्दछ। यसमा स्थानीय प्रशासन र यहाका सङ्घसंस्थाले पनि केही गर्नुपर्दछ। सबैको सामूहिक स्वर केन्द्रमा पुर्याउनुपर्दछ, ताकेता गर्नुपर्दछ र बराबर घच्घच्याउनुपर्दछ ताकि पीडित पक्षले २/४ दिन भए पनि छिटो मुआब्जा पाउन सकून्। र खोलाको पानीको व्यवस्थापन गर्ने काम तुरुन्त सुरु गर्नुपर्यो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१