१. प्रेस चौतारी नेपालले एमालेको महाधिवेशनमा सहभागी हुन आफ्ना पाँच जना महाधिवेशन प्रतिनिधि चयन गरेपछि त्यो चर्चाको विषय भएको। छ चौतारीले आफ्नो तर्फबाट महाधिवेशन प्रतिनिधिमा राजेन्द्र अर्याल, प्रमोद दाहाल, दुर्गा शर्मा, माधव नेपाल र सइन्द्र राईलाई छानेको छ।
२. प्रेस चौतारी नेपालले नेकपा एमालेको भातृसंस्था भएको छ र त्यो संस्था पूर्णरूपले एमालेमा आवद्ध भएको छ। बाहिर भन्दा राजनीतिक पार्टीहरूले आफ्नो पक्षका पत्रकार सङ्घलाई शुभेच्छुक संस्था भन्ने गर्दछन् भने भित्र र आन्तरिक क्रियाकलापमा भातृस·ठनको व्यवहार गर्ने गर्दछन्।
३. पत्रकारहरूले वैचारिक आस्था जे जस्तो भए पनि पेसामा स्वतन्त्र हुनुपर्ने भएकोले पत्रकारले कुनै पनि पार्टीको सदस्यता नलिने प्रचलन विश्वभर छ। तर नेपालमा त्यसको विपरीत, त्यो विश्वव्यापी आचारसंहिताको विरुद्धमा राजनीतिक पार्टीहरू र पत्रकार सङ्घहरू आफै लागेका छन्।
४. विश्वमा पत्रकार भन्नासाथ स्वतन्त्रताको आभाष हुन्छ। पत्रकारहरू आलोचनात्मक दृष्टिकोण राख्छन् र अझ भनौं भने प्रतिपक्षको भूमिका निर्वाह गर्दछन्। तर एकजना पत्रकार जब कुनै पार्टीविशेषको कार्डहोल्डर हुन्छ तब उसले स्वतन्त्र र आलोचनात्मक भूमिका निर्वाह गर्न सक्दैन। त्यस्तो पत्रकारमा पत्रकारको मर्यादा रहँदैन र त्यसैले चाहेर पनि व्यवसायिक उन्नति र प्रगति अपेक्षित रूपमा गर्न सक्दैन।
५. नेपालमा राजनीतिक पार्टीहरूले जुन क्षेत्रमा हात हालेका छन्, त्यही क्षेत्र बिग्रेको छ। तर तिनीहरूले त्यसलाई किञ्चित पनि महसुस गरेका छ्रैनन्। हस्तक्षेपका लागि उनीहरूले नयाँ-नयाँ क्षेत्र खोज्दैछन्। नेताहरूले आफ्नो हैकम जमाउन त्यस्तो गर्न खोज्नु स्वभाविक मान्न सकिन्छ तर विवेकशील र वरिष्ठ पत्रकारहरूले त्यो सोच्नुपर्ने कुरा हो।
६. यी सबैको परिप्रेक्षमा स्वतन्त्र पत्रकारिताको खाँचो र आवश्यकता महसुस गरेर पोखरामा तीन वर्ष पहिले स्वतन्त्र पत्रकार सङ्घको स्थापना भएको हो। स्वतन्त्र पत्रकार सङ्घ, नेपालको अन्य जिल्लामा शाखा विस्तार पनि भएको छ। सङ्घले स्वतन्त्र, निष्पक्ष र जवाफदेही पत्रकारिताका लागि सङ्र्घर्ष गरिरहेको छ।
७. पार्टीहरूको वर्तमान प्रावधानले गर्दा वरिष्ठ र सम्भावना बोकेका पत्रकारले एक जना कनिष्ठ राजनीतिक कार्यकर्ताको झोला बोक्नुपर्ने र त्यसको पछि लाग्नुपर्ने अर्थात चाकडी गर्नुपर्ने स्थिति सिर्जना गरेको छ। एकजना स्वाभिमानी पत्रकारको लागि यो कदापि सुहाउँदो र सह्य कुरा होइन। पत्रकारको स्वअस्तितत्वका लागि स्वतन्त्र पहिचानका लागि र पेशागत हक हित र विकासका लागि पत्रकारले राजनीतिक पार्टीको सदस्यता ग्रहण गर्नुपर्ने प्रावधान हटाउनु आवश्यक छ। यसमा वरिष्ठ, विवेकशील एवं सम्भावना बोकेका पत्रकारहरूले गम्भीर किसिमले सोच्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१