१. मोरङ जिल्लाको सोराभाग गाविस-३ स्थित इमानुयल कर्सिया चर्च भित्रबाट १३ जना नाबालकको उद्धार गरिएको समाचार हालै सार्वजनिक भएको छ। एक महिनादेखि गैर कानुनी रुपमा थुनिएका ती नाबालकहरूको राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला बाल कल्याण समिति र प्रहरी सहितको टोलीले सर्च गरी उद्धार गरेको जनाइएको छ।
२. ती बालकलाई पढाइ दिन्छु भनेर विकट जिल्ला हुम्लाबाट ल्याइएको जनाइएको छ। तर मोरङ ल्याएर एक महिनासम्म पनि उनीहरुलाई कहिं, कतै पढाउने व्यवस्था गरिएन। त्यसको विपरीत उनीहरूलाई सानो कोठामा अमानवीय तरिकाले राखिएको थियो।
३. चर्चका पदाधिकारीले ती बालकहरूलाई राम्ररी खान, पिउन पनि नदिएको र थुनिएको बालकले बताएका छन्। ती थुनिएका बालकहरु नुहाउन पनि नपाएर फोहोरी पनि देखिन्थे र उनीहरूको स्वास्थ्य पनि ठीक थिएन। नाजुक स्वास्थ्य भएका उनीहरूको स्वास्थ्य परीक्षणका लागि कोशी अञ्चल अस्पताल पठाइएको छ।
४. चर्चले के-कस्तो प्रयोजनका लागि ती नाबालकलाई त्यति टाढाबाट ल्याए र एक महिना भन्दा बढी किन त्यसरी गैर कानुनी रुपमा थुनेर राखे, त्यो रहस्यको कुरा भएको छ। स्थानीय प्रशासनले चर्चका सञ्चालक जोसेफ मरण्डी र उनकी पत्नीलाई प्रहरी नियन्त्रणमा राखिएको जनाएको छ।
५. चर्च एक पवित्र स्थल मानिन्छ। त्यस्तो पवित्र स्थलमा त्यसरी गैरकानुनी रुपमा नाबालकलाई थुनेर राख्नु, राम्ररी खानपिन पनि गर्न नदिनु र कुनै विद्यालयमा पढ्न पनि नपठाउँदा त्यसलाई सर्वसाधारणले के भनेर बुझ्ने एक रहस्यको कुरा भएको छ। चर्चका पदाधिकारीले बाहिर धर्म प्रचार गर्दा प्रेम, सद्भावना र समानताका कुरा गर्छन्, तर मोरङको चर्चले नाबालकहरूलाई त्यस्तो अमानवीय व्यवहार गरेको सार्वजनिक भएको छ।
६. देश धर्म निरपेक्ष भएपछि चर्चहरूबाट धर्म प्रचारलगायतका ज्यादती भइरहेका छन्। देशको अन्तरिम अवस्थाको फाइदा उठाएर तिनीहरूले जबर्जस्ती धर्म परिवर्तन गर्ने काम गरिरहेका छन्। जुन कदापि उचित होइन। तैपनि यहाँ तिनीहरूलाई नियन्त्रण गर्ने कोही नभएकोले तिनीहरू अनियन्त्रित भई लोभ, लालच देखाएर सोझासाझा नेपालीहरूको धर्म परिवर्तन गर्दैछन्।
७. देश धर्म निरपेक्ष भए पनि अर्काको धर्म जबर्जस्ती परिवर्तन गर्न पाइँदैन, चर्चहरूले धर्म निरपेक्षताको दुरुपयोग गरिरहेका छन्। तिनीहरूले धर्म निरपेक्षताको दुरुपयोग गरिरहेकाले कतिपय संवेदनशील व्यक्तिहरूले यसमा पुनविचार गर्नु पर्ने विचार राख्न थालेका छन्। जबर्जस्ती धर्म परिवर्तन नगरियोस्, त्यसो गरिएको थाहा भएमा तुरुन्त कार्वाही गर्न प्रशासन चनाखो हुनुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१