१. म्यानरमारका लोकतन्त्रवादी नेतृ नोवेल शान्ति पुरस्कार विजेता तथा अहिंसाका पुजारी आङसाङ सुकी प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा एउटा समाजवादी कार्यक्रममा सहभागी हुन नेपाल आएकी छन्। बौद्ध उपासिका सुकीको नेपाल भ्रमणलाई विशेष महत्त्वका रूपमा हेरिएको छ।
२. नेतृ सुकीलाई धैर्य र सहनशीलताका प्रतीकका रूपमा पनि लिने गरिएको छ। संसारका अन्य नेताहरूले राजनीति गरेझैं उनले पनि आफ्नो देशमा राजनीति गरिन्। लोकतन्त्रको लागि आवाज उठाइन्। सन् १९९० मा त्यहाँ चुनाव भयो। चुनावमा उनले अत्यधिक मत ल्याई मत प्राप्त गरिन्।
३. त्यसरी विजय प्राप्त गरेपछि त्यहाँको फौजी सरकारले सत्ता हस्तान्तरण गर्नुपर्नेमा त्यसको साटो उनलाई नजरबन्दमा राख्यो।उनी निरन्तर १५ वर्ष बढी समय नजरबन्दमा रहिन्। त्यसो हुँदा पनि उनले कहिल्यै बदलाको भावना लिइनन्। र त्यस्तो अत्याचारी सरकार भनेर त्यसको विरोधमा हतियार उठाउने आदेश दिइनन्। उनले वैरले वैरभाव शान्त हुँदैनवाक्यलाई व्यवहारमा अनुशरण गरिन् र सफल भइन्।
४. उनको त्यही अहिंसाप्रतिको अटल आस्था र शान्तिको प्रबर्द्धनमा पुर्याएको योगदानको कदर गरेर उनलाई नोवेल शान्ति पुरस्कार प्रदान गरिएको छ। नेपालमा पनि उनलाई शनिबार राष्ट्रपति रामवरण यादवले डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरे।
५. उनको नेपालसँगको गहिरो सम्बन्ध छ। उनी किशोरावस्थामा नेपाल आएकी थिइन्। काठमाडांैको धर्मकीर्ति विहारका अनागरिका धम्मावतीले उनलाई ध्यान भावना सिकाएकी थिइन् भने उनले विहारका उपासक-उपासिकालाई अङ्ग्रेजी भाषा सिकाएकी थिइन्। उनले कम्मावती गुरुमालाई भेट्ने कार्यक्रम छ।
६. बौद्ध उपासिकाको रूपमा उनले लुम्बिनी भ्रमण गर्ने कार्यक्रम पनि छ। म्यानमार बौद्ध देश हो। बुद्ध धर्मप्रति त्यहाँको जनतामा अति श्रद्धा छ। नेपालका भिक्षु गुरुआमाहरू बुद्ध धर्मको अध्ययन गर्न त्यहाँ जाने गर्दछन्। दुर्इ देशका बीच जनस्तरमा यस्तो सम्बन्ध वर्षौदेखिको हो।
७. नेपाललाई आवश्यक पर्दा म्यानम्यारले सहयोग गर्ने गरेको छ।म्यानमार स्वतन्त्र गर्नलाई गोर्खाली सैनिकहरूले निर्ण ायक भूमिका खेलेको स्मरणीय छ। यी दुर्इ देशबीच परापूर्वकालदेखि सम्बन्ध रहेको भए तापनि व्यापारिक दृष्टिले त्यो सम्बन्धले व्यापकता पाउन सकेको छैन। अरु व्यापारिक र विकास लगायतको क्षेत्रमा विमस्टेकको माध्यमबाट सम्बन्ध अरु चौडा फराकिलो पार्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१