१. लामो समयको प्रतीक्षापछि एकीकृत माओवादी पार्टीको राष्ट्रिय सम्मेलन औद्योगिक जिल्ला विराटनगरमा आज सुरु हुन गइरहेको छ। पार्टीले चुनाव हारेपछिको पार्टीको यो ठूलो सम्मेलन हो। यसबीच पार्टीला धेरै आग्रह र भनाइहरू आएका छन्। केही अप्ठ्यारा पनि देखिएका छन्। ती सबैलाई यो सम्मलनले के-कसरी समेटेर बढ्ला त्यो सबैको उत्सुकताको विषय भएको छ।
२. डा. बाबुराम भट्टराईले पार्टीको उपाध्यक्ष पद परित्याग गरेपछि अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अन्य पदाधिकारीले पनि राजीनामा गरेका थिए। भारतमा आम आदमी पार्टीको उदयपश्चात् नेपालमा पनि डा. भट्टराईले नयाँ शक्तिको आवश्यकताको बहस चर्काएका छन्।
३. पार्टिभित्रको विवाद चर्किरहेको बेलामा हुन गइरहेको यो सम्मेलन महत्त्वपूर्ण छ। सम्मेलनमा पेश हुने अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजले खास महत्त्व राख्ने छ। त्यो दस्तावेज हेरेर डा. भट्टराईले आफ्नो विमति पत्र प्रस्तुत गर्ने अनुमान गरिएको छ। अर्का नेता नारायणकाजी श्रेष्ठले ती दुर्इबीच के-कस्तो हुन्छ, त्यो पर्ख र हेर भनेर चुप रहेको अनुमान गरिएको छ।
४. पार्टीको जीवनमा हेटौँडामा महाधिवेशनको आफ्नै महत्त्व थियो। त्यसले पार्टीलाई एउटा मोड दिएको थियो। तर त्यो मोड अनुसार पार्टी जान सकेन भन्ने गुनासो धेरै सुनिन्छ। महाधिवेशनमा उत्पादन व्रि्रेडको कुरा खुब जोडतोडले उठेको थियो। चुनावमा पनि त्यो एक नारा भयो, तर व्यवहारमा देखिएन। त्यस्तै अरु प्रस्ताव पनि कार्यान्वयन नभएको टिप्पणी पार्टी भित्रैबाट गरिएको छ।
५. पार्टीले यसबीच धेरै प्रयोग र परीक्षण गरेको छ। पार्टिभित्रको कार्यसमितिलगायतको संरचना बढाएर ठूलो गर्यो। तर त्यो व्यवहारिक भएन। अहिले त्यो संरचनालाई खुम्च्याइएको छ। त्यसरी खुम्च्याइँदा धेरै नेताहरू जिल्ला प्रतिनिधि भएर आउनै नसकेको अवस्था देखिएको छ। यसबाट असन्तुष्टि बढेको छ। कतै त वैमनस्यता पनि बढेको छ।
६. केन्द्रमा रहेको विवादरूपी राग यसपटक तल्लो स्तरको चुनावमा पनि आएको प्रष्ट भएको छ। कतिपय जिल्लामा विवादको कारण अप्रिय स्थितिको सिर्जना भएको कुरा पनि आएको छ। माओवादी फुटेर गएपछि पार्टी एकढिक्का हुनेछ भनी पहिले जुन अनुमान गरिएको थियो त्यो देखिएन।
७. पार्टिभित्र गम्भीर रोग देखिएको छ। अध्यक्षको प्रतिवेदनले त्यो रोगको औषधोपचारका लागि के-कस्तो उपचार विधि प्रेसक्रिप्सन गर्नेछ, त्यो सबैको उत्सुकताको विषय भएको छ।सबैले उत्सुकतापूर्वक विराटनगरमा आँखा लगाएर हेरिरहेका छन्। यो सम्मेलनले पार्टिभित्रको विवाद साम्य पार्नेछ। पार्टीले नयाँ जीवन पाउने अपेक्षा गरिएको छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१